images
images

उदयपुरको कटारीमा भ्रष्टाचार न्युनिकरण सम्बन्धि अन्तक्रिर्या सम्पन्न

कटारी/कटारीमा भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवद्धृनमा स्थानीय तहको भूमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । आज कटारी नगरपालिकाको सभा हलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीको आयोजना र कटारी नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अख्तियारको ईटहरी कार्यालयका सूचना अधिकारी उपसचिव निरज कुमार देवले कार्यालयले गर्ने काम , कार्वाही तथा विश्वमा भ्रष्टाचारको अवस्था र नेपाली परिवेशको अवस्थाका बारेमा प्रस्तुति दिनुभयो ।
गत वर्ष कोशी प्रदेशका १४ जिल्लामध्ये उदयपुरको १ सय ९१ उजुरी कार्यालयमा परेको थियो । जसमा बजेट तथा कार्यक्रम तर्जुमा , सार्वजनिक खरिद ऐन र निर्माणसँग सम्बन्धित , जनप्रतिनिधि र कर्मचारीहरुले नियम मिचेर गरेको कामको उजुरीहरु धेरै रहेको पनि उपसचिव देवले बताउनुभयो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठल् कामको मूल्याकंन र समिक्षा जनताले गर्ने बताउनुभयो । पारदर्शी बनाउन खोज्दा कामै गर्न सकेन भनेर आलोचना आउने भन्दै मेयर श्रेष्ठले कतिपय कामहरु व्यवहारसँगै कानुन सम्मत मिलाएर जानुपर्ने बताउनुभयो । त्यसैगरी उपमेयर गिता खड्काले आत्मालाई साक्षी राखेर काम गरे भ्रष्टाचार रोकिने बताउनुभयो ।
त्यसैगरी अख्तियार दुरुपयोगको कार्यालय ईटहरीका प्रमुख सह सचिव खगेन्द्र प्रसाद रिजालले कानुनको अनविज्ञता क्षम्य नहुने बताउनुभयो उहाँले भ्रष्टाचार विरुद्ध सवै एकवद्ध भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।
त्यसैगरी ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख उपसचिव कोपिला थुलुङ्ग राईले स्थानीय तह सवैले सहजै चासो राख्ने कार्यालय भएकाले बढी उजुरी आएको हुन सक्ने बताउनुभयो । यसमा सवैजना गम्भिर भएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने पनि उहाँले बताउनुभयो ।
त्यस्तै कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले कानुन भित्र व्यवहारको कुरा पनि मिलाएर काम गर्नुपर्ने बताउनुभयो । नगरमा काम नभई भुक्तानी नदिएको पनि अधिकृत निरौलाले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले आयोगमा उजुरी परे काम रोक्ने वा जारी राख्ने ? लगायतका जिज्ञासाहरु राखेका थिए । जिज्ञासाको जवाफ दिंदै सूचना अधिकारी देवले उजुरी पर्दैमा डराउनु नपर्ने वताउनुभयो । त्रुटी नगरी काम गरे उजुरीले केहि नगर्ने तर छानविन हुने बताउनुभयो ।कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु , शाखा प्रमुख कर्मचारीहरु , कर्मचारीहरु , विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु , प्रअहरु तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।