प्रिय बाबुराम भट्टराई, रवीन्द्र मिश्र, उज्ज्वल थापा, नयाँ शक्ति नेपाल र बिबेकशील नेपाली दलका सम्पूर्ण अभियन्ता मित्रहरु लगायत गोविन्द केशी, लीलामणि पौडेल, अनिल शाह, राजेश हमाल, मह जोडीलगायत नेपालको समृद्धि र विकास चाहने सबैलाई नमस्कार ।
तपाईंहरु सबै नेपाल र नेपालीको समृद्धि चाहने पुराना दल र शाशकले गरको अकर्मन्यता, भ्रस्टाचार र कुसासनलार्इ हटाउन पुराना दलका पुराना एक मुट्ठी नेताहरुले गरेको गल्ती, कमजोरी र सीमित स्वार्थबाट बन्धक बनेको देशले निकाश पाउनुपर्ने कुराप्रति एकमत देखिन्छ । जुन कुराको नेतृत्व केही हदसम्म बैचारिक तथा कार्यगत रुपमा यहाँहरुमा रहेको कुरा आजको दिनमा आम बुद्धिजीवी, युवा र परिवर्तन चाहने नेपाली सहमत रहेको छ ।

यदि तपार्इंहरु सबैको स्वार्थ नेपाल र नेपालीको समृद्धि नै हो, देश नै बनाउने हो भने इमानदार र सदचार व्यक्तिहरु किन यसरी चिराचिरा परेर आ-आफ्नै डम्फु बजाउने ? अनि भ्रष्ट, सत्तालिप्सा र निजी स्वार्थ बोकेका समूह चाहिँ एक हुँदै, मिल्दै जाने कस्तो परिपाटी हो ? एकपटक तपाईंहरु आफैं सोचिदिनुस् भन्ने बिनम्र अनुरोध गर्दछु । किन तपाईंहरु एक नहुने ? केले तपाईंहरुलाई एकताको सूत्रमा बाँध्न रोकेको छ ?
हेर्नुस त समानुपातिक भनि दलित, उत्पीडित, शोषित, जनजाति, अल्पसंख्यक इत्यादि भन्दै लिइएको मतलार्इ पार्टीलाई चन्दा दिने ब्यापारीलार्इ बेचेका दलहरुको दबदबा, भ्रस्टाचारको मुद्दा प्रमाणित भर्इ जेल पुगेकाहरुलाई अत्यधिक मतले विजयी गराउने दल तिनको शङ्कास्पद निर्वाचन प्रणाली, सधैंभरि मुठीभर ५-७ नेताहरु नै सत्तामा आउन, पटक-पटक परीक्षितहरु फेरी पद र शक्तिका लागि नैतिकता छोडेर लडिरहेको परिदृश्य, तिनका कर्मचारी संगठन, भातृ संगठनले निभाएको उल्टो भूमिका, विश्वविध्यालयमा राजनीतिक भागवण्डा, राजदूतहरु दलको खल्तीबाट आउने, अझ हुँदाहुँदै देशको राष्ट्रियता रक्षा गर्ने दूत म्यानपावर दलालहरुलाई बिक्री गर्ने ? योग्यता हैन, दलको झोला बोकेको आधारमा बन्ने कस्तो परिपाटी ?
मुलुकको हरेक गतिविधिलार्इ भागबन्डा र भ्रष्टीकरण , जनताका दैनिक जनजीविकाका मागहरुको बेवास्ता मिलेर खाने नाममा हुने सहमति र एकताहरु अनि तपाईंहरुले अलाप्ने नैतिकता र सदाचार साना-साना आकारका मधुरा भिन्नाभिन्नै डम्फुहरु ।
हो, यहाँहरुलाई लाग्दो हो, राम्रो काम र विचार एक सानै भए काफी छ । तर, भ्रस्टाचार र निरंकुशता ब्याप्त समाज; गरिवी, पछौटेपन अभावको मारमा पिल्सिएका जनतालाई तपाईंहरुले बजाएको नैतिकता र सदाचारको मीठो रागभन्दा क्षणिक रुपमा कुनियतले नै भए पनि यी भ्रष्ट खेलाडीहरुले फ्याँकेको आशाको रोटी, एक कप चिया, एक गिलास रक्सी र प्रलोभन नै सही मान्नुपर्ने बाध्यताहरु छन् |
उनीहरुसँग सत्ता छ, शक्ति छ, पैसा छ, गुण्डागर्दीका हतियार सबै उनीहरुसँग छ | उनीहरु संगठित छन् । तपाईंहरुसँग यी कलियुगका हतियार छैनन्, केवल नैतिकता र सदाचारको बलबाहेक । अनि विखण्डित हुनुहुन्छ, सबैलाई ठूलो हुनुपरेको छ |
सबैलाई विवेकी, सबैलाई महान नैतिकवान हुनुपरेको छ । शिक्षादीक्षा दिने काम चाँहि नहुने, भए पनि एउटा स्कुल, एउटा विद्यालय, एउटा सामाजिक संस्था बनाएर मुलुक सबै कसरी परिवर्तन होला ? विभिन्न बुद्धिजीवी र देशको चिन्ता लिनेहरुले दिने दीक्षा र फगत बोलले मात्र देश कसरी बन्ला ? यी प्रवृत्ति र समाजमा भनिने गरेको खोक्रो आदर्शमा के फरक भयो र ?
दोश्रो प्रसङ्ग
नयाँ शक्ति नेपाल र विवेकशील नेपाली दल नयाँ परिवेशमा नयाँ राजनीतिको सुरुवात गर्ने अठोट लिएर अघि बढेका शक्ति हुन् । दुबैले सुशाशन र सदाचारितालार्इ मुलमन्त्र बनार्इ राजनीतिक गतिविधि सुरु गरेका छन् ।
अहिलेको परिवेशमा बिबेकशील नेपाली दलले भूकम्पको ताका गरेको हेल्प डेस्क सुरुवात, विभिन्न मानव अधिकार, जनजीविकाका सवालहरु र सहयोग यति नयाँ ढंगले निस्वार्थ रुपमा सायद कुनै पार्टीले नेपालमा गर्न सकेनन् ।
त्यस्तैगरी विवेकशील नेपालीले डा. गोविन्द केसीको मागमा समर्थन गर्नेदेखि विविध जनजीविकाका मुद्दाहरु लगातार उठान गर्दै आएको छ भने अर्कोतिर नयाँ शक्ति दल छोटो समयमा पार्टी घोषणा गरी विश्वभर सञ्जाल बनाउन सफल विभिन्न पार्टीहरुबाट यसमा प्रवेश गरेका जुझारु कार्यकर्ताहरु, पाँच स को मुलमन्त्र र प्रतक्ष निर्वाचित राष्ट्रपतिको माग यस दलका प्रमुख आकर्षण हुन् ।
माओवाद, कठोर सिद्धान्त र पुरानो मानसिकता, पुरानै राजनीतिक र प्रशासनिक संरचना मात्र बोकेर देशमा परिवर्तन हासिल गर्न नसकिने निर्क्योलका साथ सबै गल्ती कमजोरीहरुको आत्माआलोचना र प्रायश्चित गर्दै नयाँ शिराबाट काम सुरु गर्न तयार भएर नयाँ शक्तिको नेतृत्व दिइरहनु भएका बाबुराम भट्टराई हुनुहुन्छ ।
यहाँ दुवै दलवीच केही समानताका कुरा गरौँ ।
सिद्धान्त
– समय सापेक्ष नयाँ विचार , पद्दति खोजि गर्ने पुराना सोषण र विभेदको अन्त्य
– देशको माटो, भूगोल , संस्कृति सुहाउँदो राजनीतिक सिद्धान्तको बिकाश गर्ने यो वाद त्यो वादको अल्झनमा नपरी ब्यबहरिकबादको खोजी
– समृद्धि हाम्रै जीवन कालमा ल्याउन अघि पर्ने
-राजनीतिक मूलमन्त्र
नयाँ शक्तिको ५ स र विवेकशील नेपाली दलका ८ खम्बाहरु सारमा मिल्न आउँछन्
१. स्वाधीनता २.समतामूलक समृद्धि ३. समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र, ४. सुशासन/सदाचार, ५. समुन्नत समाजवाद
विवेकशील नेपाली दलका ८ खम्बाहरु :
जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व, एकताबद्ध (एक जुट) नेपाली र सशक्त नेपाली, सेवक सरकार र समृद्ध नेपाली , खुला सुधारमुखी नेपाल र स्वतन्त्र नेपाली
निर्वाचन प्रणालीमा समानता
नयाँ शक्ति : प्रत्यक्ष निर्वाचित राष्ट्रपति ।
विवेकशील नेपाली : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जो आफ्नो मन्त्रीमंडल स्वतन्त्र रुपमा निर्माण गर्न सक्छन्।
राष्ट्रियताको सवालमा :
विवेकशील नेपालीको बोलेर हैन महसुस सहअस्थित्व र एक अर्काको सम्मानल नै असली राष्ट्रियता भनिएको छ भने नयाँ शक्ति नेपालले प्रगतिशील राष्ट्रवादको कुरा गरेको छ, २ छिमेकी बीच प्रगतिशील पुल बन्ने समृद्ध कल्पना गरेको छ ।
यी लगायत नयाँपनको स्वीकारोक्ति र सिद्धान्तको कठघराबाट बाहिर निस्किएर व्यवहारवादी, यथार्थवादी बन्ने दुवै दलको प्रतिज्ञा पनि मिलनका लागि काफी छन् ।
नयाँ शक्तिमा केही सत्तालिप्साहरु र पुरानै शैली छन् । पुरानो शक्तिमा असफलहरु विवेकशील नेपालीका युवाहरुको क्षमतामामा आशंका गर्ने वा डाह गर्नेहरु प्रवृति छ । समायोजनमा सम्मानजनक स्थान दिन नसक्ने समस्या पनि होलान् । विवेकशीलका चिन्ता बाबुराम र केही चर्चित नेतृत्वको छायाँमा परिने आफ्नो अस्थित्व समाप्त हुने होला ।
देश र जनताप्रति समर्पित युवा मित्रहरु आउनुस्, हामी व्यक्ति हैन, विचार र पद्दति प्रधान संस्कारका लागि हुङ्कार गर्दै यति झिनामसिना बाधा अड्चन तोड्न अवस्य सक्छौं ।
यत्रो देश समृद्ध बनाउने सपना कुखुराकोजस्तो छाती लिएर पूरा होला ?
यति भन्दै गर्दा म विवेकशील साथीहरुलाई पनि छाती फराकिलो पार्न र नयाँ शक्तिका साथीहरुलाई पनि सम्मानजनक सह अस्थित्व स्वीकारोक्ति लिन अनुरोध गर्दछु ।
असमानताको हुइयाँ किन ?
बाबुरामले नेतृत्व गरेको नयाँ शक्तिसँग विवेकशील दल मिल्न जनयुद्धको छोइछिटो जस्तो पनि बुझिन आएको छ । केही डलरे स्वघोसित अधिकारवादीहरु र मिडिया मिसनवालाहरुले उछालेका पनि छन् ।
हो, बाबुराम भट्टराई जनयुद्धको बैचारिक नेतृत्व गर्दै देशमा संविधानसभासम्मको यात्राका एक पथप्रदर्शक थिए । जहाँसम्म उनि वैचारिकरुपमा अधिकारका लडाइँमा सफल भएको मान्न हिच्किचाउनु जरुरी देखिन्न । जनयुद्धको गुण जति अरुलाई, दोष बाबुरामलाई थोपर्नु पनि तर्कसंगत र न्यायसंगत नहोला ।
साथसाथै अर्को अन्यायपूर्ण आरोप भनेको जनयुद्धका लागि मलजल गर्ने र जनयुद्द सिर्जना गर्न जनतालाई अधिकारका लागि बन्दुक बोक्न बाध्य पार्ने भ्रस्ट संसदबादीहरुलाइ दूधको चोखो बनाएर यत्रो उथलपुथल परिवर्तन ल्याउने एक शक्तिलाई मात्रै दोष थोपरेर फेरि मुलुकलाई अराजकतातर्फ धकेल्नु हो ।
हिजो कंग्रेसले पनि प्लेन हाइज्याक गरेको हो । एमालेले पनि टाउको काटेको हो । बाबुराम एक्लैलार्इ दोष दिन मिल्दैन । उनले त आफुले भोगेको, जानेको र सिकेको ज्ञान अब देशलाई निस्वार्थ दिन्छु भनी पुरानो संरचना नै त्यागी आएका छन्, शंका किन ? यो शंका हो कि आरिश ? वा बाबुरामले राम्रो गरिदिए आफ्नो अस्थित्व गुम्ने तुच्छ सोच हो ? यसको हिसाब किताब समयले गर्ला ।
पुरानालार्इ धक्का दिन सक्छ
नयाँ शक्ति, रबिन्द्र मिश्रको समूह र विवेकशील नेपालीहरू मिले कांग्रेस, एमाले जस्ता पुराना शक्तिलाई धक्का दिने शक्ति बन्न सक्छ ।
अहिलेलाई पुराना शक्ति, संरचना, भ्रस्टाचार, कुशासन बिरुद्ध मोर्चाबन्दी गर्न सम्पूर्ण परिवर्तन, विधिको शासन र सम्वृद्धि चाहने शक्तिहरु एक हुनु अपरिहार्य छ । यदि नयाँशक्ति नेपाल र विवेकशील नेपाली एक भएको खण्डमा आउँदो निर्वाचनमा पहिलो शक्ति बनेर उदाउने सम्भावना प्रवल रहन्छ । नभए मीठो कल्पना र सपनाको व्यापार अलि लामै चल्ला अनि भविश्यमा यी दल पनि भ्रष्टीकरण भएर, थाकेर , पाकेर झोलामा केन्द्रीय कार्यालय बोकेर हिँड्ने दलमै सीमित नहोलान भन्न सकिन्न ।
रणनीतिक कार्यगत एकताको गतिलो सम्भावना
अहिले पदीय हिसाव अनि विविध स्वार्थका व्यक्तिहरु समेट्नुपर्ने वाध्यताले तिनै दल रणनीतिक कार्यगत एकतामामा लग्न सक्ने छन् । पुराना शक्तिका हर्कतहरु सामना गर्न एक दलले गरेको अभियानहरुमा अर्कोको समर्थन अनि एक अर्काप्रति नकारात्मक र टिप्पणी भन्दा सकारात्मक प्रतिस्प्रधागरि हुनावमा तालमेल गरी अघि बढ्ने र दीर्घकालीन एकताका बिन्दुहरु खोज्दै जान सकिन्छ ।
मिश्रको विचार
कल्याणकारी राज्य कल्याणकारी खुल्ला अर्थव्यवस्था र मेरीटोक्रेसीको अवधारणा नयाँ शक्तिका ‘पाँच स’ र विवेकशील नेपालीका खम्बाहरुको पर्यायवाची सुनिन्छ ।
विवेकशील र रवीन्द्र मिश्रको भ्रम भनेको बाबुराम एक्लै नयाँ शक्तिका हुन् भन्ने ठान्नु र यसको पछि लागेका विकास र सम्वृद्धि चाहने रामेश्वर खनाल, मदन रार्इ, गणेश रार्इ लगायत विदेशमा बस्ने युवाहरुका साथै माओवादीबाट आएका निष्ठावान कार्यकर्ताहरुको ठूलो तप्काका साथै नयाँ शक्तिमा बाबुराम एक्लैको विचार र पार्टी नभएको कुरा पङ्तिकार प्रस्ट पार्न चाहन्छ ।
नयाँ भन्दैमा अर्को लोकबाट ल्याएर बनाइएका व्यक्ति हैनन् । तर, बिचार नयाँ चाहने हो । युवा भन्दैमा पुरातन मान्यता र आलश्य बोकेको वा उमेरले मात्र कम जमात हैन कि नयाँ दिन सक्ने मुलुकका लागि दृढ इच्छाशक्ति हो भन्ने कुरा मिश्रजीले बीबीसी छोड्दै गर्दा पुराना पार्टीका मान्छे जस्तै कि मुमारामलार्इ नि संगै हिँड्न आव्हान गर्नुले स्वीकारेको छ। यदि एकता प्रक्रिया सहज बन्ने देखिन्छ भने बाबुराम भट्टराई पनि अभिभावक वा निर्देशकको भूमिकामा रहेर नयाँ पुस्तालाई मेरिटोक्रेसीका आधारमा नेतृत्व दिन तयार रहनु पर्दछ । एकपटक प्रधानमन्त्री भैसकेका व्यक्तिहरु धेरैले पदमा नबसेर पनि उल्लेख्य योगदान गरेको दृश्य विश्वमा धेरै छन् ।
कसरी होला एकता सम्भव ?
अहिले दुवै दलका कार्यकर्ता र नेतृत्व तहमा एकताका लागि पहल गराउने काममा रवीन्द्र मिश्र जी, लीलामणि पौडेल र गोविन्द केसी जस्ता व्यक्तिहरु मध्यस्थताकर्मी बन्न सक्छन् ।
कलिलै भए पनि दुवै दलमा हुर्किँदै गएका अराजक प्रवृति र विचारहरुलाई कम गर्न, असहमतिका स्वरहरुलाई मत्थर गर्न वीचको बाटो अपनाएर दलको नाम नै परिवर्तन गरी विवेकशील नयाँ शक्ति वा नागरिक शक्ति, नागरिक पार्टी केही राख्न सकिन्छ । यसो गर्न सके ठूला दलमा वाक्क भएर बसेका युवा, जुझारु कार्यकर्तालार्इ आकर्षित गर्न सकिन्छ र जनताको विश्वास जित्न सजिलै सकिने देखिन्छ ।
पार्इंहरु सबैको स्वार्थ नेपाल र नेपालीको समृद्धि नै हो, देश नै बनाउने हो भने इमानदार र सदचार व्यक्तिहरु किन यसरी चिराचिरा परेर आ-आफ्नै डम्फु बजाउने ? अनि भ्रष्ट, सत्तालिप्सा र निजी स्वार्थ बोकेका समूह चाहिँ एक हुँदै, मिल्दै जाने कस्तो परिपाटी हो ? एकपटक तपाईंहरु आफैं सोचिदिनुस् भन्ने बिनम्र अनुरोध गर्दछु । किन तपाईंहरु एक नहुने ? केले तपाईंहरुलाई एकताको सूत्रमा बाँध्न रोकेको छ ?