images
images

कटारीमा अव्यवस्थित चुनढुंगा उत्खननले बाढी र पहिरोको जोखिम बढाउँदै गएकोमा चिन्ता व्यक्त

कटारी । कटारी क्षेत्रमा चलिरहेको अव्यवस्थित चुनढुंगाको कच्चा पदार्थ उत्खननले वातावरणीय असन्तुलन निम्त्याउँदै स्थानीय बासिन्दाहरूलाई बाढी, पहिरो लगायतका विपद्को उच्च जोखिममा पु¥याएको सरोकारवालाहरुले बताएका छन्। कटारी नगरपालिकामा सम्पन्न नगर विपद् व्यवस्थापन समितिको बैठकमा उपस्थित सरोकारवालाहरुले यस्तो बताएका हुन ।
नेपाली काँग्रेसका नगर सभापति प्रकाश थापाले खानी क्षेत्रमा उत्खनन पछि निस्कने प्रयोगमा नआउने ढुंगा तथा माटोको उचित व्यवस्थापन नगरिँदा आसपासका खोलाहरूको सतह उचाइँदै गएको जसले गर्दा कटारी नगरपालिकाका विभिन्न बस्तीहरू बर्खायाममा उच्च जोखिममा पर्ने अवस्था सिर्जना भएको बताउनु भयो। थापाले कम्पनिहरुले चुनढुगांको कच्चा पदार्थ उत्खनन गर्दा कुनै पनि सामाजिक उतरदायित्व बहन नगरेको बताउनु भयो । यसै गरी एकिकृत समाजबादीका क्षत्रिय अध्यक्ष हृदय तामागंले कटारी क्षेत्रमा उत्खनन हुने कच्चा पदार्थ व्यवस्थित नहुदा विपद निम्तिने खतरा रहेको बताउनु भयो ।उहाँले नियन्त्रणविहीन उत्खनन, कमजोर अनुगमन, र अव्यवस्थित फोहर व्यवस्थापनले दीर्घकालीन समस्या निम्त्याउने सम्भावना बढेको यस समस्यालाई गम्भीरताका साथ लिँदै नगर प्रमुख राजेश चन्द्र श्रेष्ठलाई खानी क्षेत्रको निरीक्षण गरी आवश्यक पहल गर्न आग्रह गर्नु भएको छ ।

यस्तै नगर विपद् व्यवस्थापन समितिको बैठकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि आवश्यक पूर्वतयारीको विषयमा गम्भीर छलफल गरेको छ । समितिका संयोजक तथा नगर प्रमुख राजेश चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्यहरू, नगरपालिका मातहतका विभिन्न कार्यालयका प्रमुखहरू, तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा विपद संग सम्बन्धित जोखिम व्यवस्थापन, विपद् न्यूनीकरण रणनीति, तथा स्थानीय बस्तीहरूमा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेबारे आवश्यक निर्णयहरू गरिएका छन ।