
कटारी । उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस बिबिध कार्यक्रमको आयोजना गरेर जिल्लाका आठै पालिकामा मनाइएको छ ।
नेकपा एमाले जिल्ला कमिटि उदयपुरको सर्कुलर बमोजिम जिल्लाका आठै पालिकामा विभन्न रचनात्मक कार्यक्रमको आयोजना गरेर नेकपा स्थापना दिवस मनाइएको हो ।
कटारी नगर कमिटिले कटारी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण तथा दिप प्रज्वलन, बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाले बजार सरसफाई तथा दिप प्रज्वलन कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन भने त्रियुगा नगरपालिकाले दिप प्रज्वलन तथा मदन भण्डारी आँखा अस्पतालमा मोतियाविन्दुका अप्रेसन गरिएका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ ।
रौतामाई गाउँपालिकाले दिप प्रज्वलन त्यसै गरि उदयपुरगढी गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाले पनि सरसफाइ तथा दिप प्रज्वलनको कार्यक्रम आयोजना गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस मनाएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो।
आजभन्दा छयत्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९) मा आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।