images
images

निर्वाचन क्षेत्रको ग्रामिण भेगका स्थानीयको समस्या अध्ययन गर्दै पूर्व मन्त्री खत्री

कटारी/ कोशी प्रदेशका पूर्व उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले उदयपुरको ताप्ली गाउँपालिकाको समस्याहरुको अनुगमन गर्नुभएको छ । आप्mनो निर्वाचन क्षेत्रमा रहेका स्थानीयहरुको समस्याहरुका वारेमा जानकारी लिन प्रदेश सभा सदस्य खत्री गाउँपालिका पुग्नुभएको हो ।
उहाँले गाउँपालिकाका विभिन्न पहिरो तथा बाढि पिडीतहरुको अवस्थाका बारेमा स्थानीयसँग छलफल गर्नुभएको थियो । गाउँपालिकाको वडा नम्बर ५ रुपाटार आसपासका स्थानीयहरुको समस्या सुन्दै खत्रीले प्रदेश सरकारबाट सम्भव भएसम्मका योजनाहरु निर्माण गर्ने बताउनुभयो ।
निर्वाचन पश्चात निर्वाचन क्षेत्रका गुनासाहरु सुन्ने र गाउँमा नियमित जाने बताउँदै खत्रीले स्थानीयका समस्याहरु पहिचान गरी योजनाहरु निर्माण गर्ने बताउनुभयो । स्थानीयका समस्या स्थलगत रुपमै अध्ययन गरी समाधानका पहलहरु जारी राख्ने पनि खत्रीको भनाई थियो ।