images
images

कटारीमा पहिलो पटक आयोजना भएको बृहद कृषि मेला प्रदर्शनी भव्य रुपमा सम्पन्न

कटारी /कृषि उत्पादनलाई बढावा दिन उदयपुरको कटारी नगरपालिकामा पहिलो पटक आयोजना भएको बृहद कृषि मेला प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । जैविक विविधता प्रवर्द्धन तथा लोपोन्मुख र उपेक्षित बालीहरूको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, फलफुल तथा तरकारी बाली प्रदर्शनमा राखिएको थियो ।
कृषि उत्पादन बढाउन, कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्न लागिएको यस मेलाले कृषकमा उत्साह थपिएको छ।
कटारी नगरपालिकाको आयोजना तथा मानव अधिकार र वातावरण विकास केन्द्र ९ज्ग्च्भ्ल्म्भ्ऋ०, वर्ल्ड नेवर्स, वर्ल्ड भिजन सं सहकार्यमा सम्पन्न मेलाले कृषकहरूमा नवप्रवर्तन र व्यावसायिक कृषि प्रवर्द्धनमा नयाँ आयाम थपेको सहभागीहरूले बताएका छन्। कटारी नगरपालिकाका १४ वटै वडाका कृषकहरु मेलामा सहभागि भएका थिए ।
कार्यक्रमको प्रमुख आतिथ्यता कटारी नगरपालिकाका नगरप्रमुख राजेश चन्द्र श्रेष्ठले गर्नु भएको थियो। वडा नं। १४ का वडाध्यक्ष तथा आर्थिक विकास प्रमुख अम्बर मगरको अध्यक्षता रहेको कार्यक्रममा उपमेयर गीता खड्का र प्रमुख प्रशासकिय अअधिकृत राजन थापाको विशेष आतिथ्यता रहेको थियो।

कटारी ४ को कृषि उपज केन्द्रमा भएको प्रदर्शनीमा बोल्दै राजेश चन्द्र श्रेष्ठले नगरपालिकाले कृषि क्षेत्रमा देखिने गरि विकास गर्ने बताउनु भयो । उहाँले नगर भित्र उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग गर्ने पनि बताउनु भयो । यस्तै उपप्रमुख गिता खड्काले यस्ता मेला प्रदर्शनीले किसानलाइ उत्साहित गर्ने बताउनु भयो । उहाँले कृषकलाई विषादी रहित उत्पादन गर्न आग्रह गर्नु भयो । यस्तै प्रमुख प्रशासकिय अधिकृत राजन थापाले नगर भित्रका नागरिक कृषिमा आधारित रहेकोले कृषि क्षेत्रको विकासका लागि योजनाहरु निमार्ण हुने बताउनु भयो ।
हुरेन्डेक नेपालका अध्यक्ष शंकर थापाले यस्ता यो कृषिमेला प्रदर्शनीले कृषकहरुलाई प्रोत्साहन गर्नुका साथै रैथाने बाली प्रवद्र्धनमा टेवा पुग्ने बताउनु भयो ।
कृषकहरुले आप्mना बारीमा फलाएका तरुल, फर्सी, लौका, मुला, रायो साँग, केरा, च्याउ, अदुवा, बेसार, धानको बाला, मकैको घोगा आदि आकर्षणका केन्द्रबिन्दु बनेका थिए ।
प्रदर्शनीबाट कृषकहरुबीच एकआपसमा परिचय, अन्तरक्रिया र परामर्शको अवसर मिलेको थियो । फरक फरक ठाउँ र परिवेसका उत्पादनको बारेमा जानकारी मिलेको थियो । यसै गरी कृषिमेला प्रदर्शनीमा उत्कृट प्रदर्शन गर्ने कृषकलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो । प्रथम हुने रिस्कु प्राकृतिक स्रोत व्यवस्थापन समुह लाई नगद रु ५ हजार द्धितिय हुने वडा नम्बर १३ को सृजनशिल कृषक समुहलाइ ४ हजार तृतिय हुने वडा नम्बर ८ को सुनखरी कृषक समुह ८ लाई नगद ३ हजार र सान्तवना पुरस्कार प्राप्त गर्ने वडा नम्बर ३ को प्रगतिशिल प्रकृति स्रोत व्यवस्थापन समुह लाइ नगद रु २ हजार प्रदान गरिएको थियो ।