images
images

उदयपुरका कर्मचारी सङ्गठनहरुद्धारा सङ्घीय निजामती ऐन जारीको माग गर्दै ज्ञापनपत्र

गाईघाट । उदयपुरका कर्मचारी सङ्गठनहरुले सङ्घीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।संयुक्त ट्रेड युनियन संजालले प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय सभामुख ज्युलाई ज्ञापनपत्र बुझाएका हुन ।
नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी यूनियन र राष्ट्रिय कर्मचारी संगठनले जिल्ला प्रशासन कार्यालयमा पुगेर सभामुखलाई पठाउने गरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापनपत्र हस्तान्त्रण गरेका छन ।
विभिन्न ११ बुँदे मागसहित जिल्लामा सक्रिय चारै सङ्गठनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । कर्मचारी सङ्गठनहरूले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाईसमेत समेटेर तत्काल सङ्घीय निजामती ऐन जारी गर्न माग गरेको निजमती कर्मचारी संगठन उदयपुरका अध्यक्ष पुन्य प्रसाद पौडेलले जानकारी दिनु भयो ।
देशभरि वैशाख ८ गते ज्ञापनपत्र बुझाउने कर्मचारी सङ्गठनहरूको संयुक्त कार्यक्रम रहेको थियो । माग पुरा नभए वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने कर्मचारी सङ्गठनहरुको केन्द्रीय कार्यक्रम छ