
कटारी / कटारी नगरपालिका वडा नं. ६ को आयोजनामा “लैङ्गिक हिंसा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम“ गरिएको छ। आज वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर मगर को अध्यक्षता तथा ईलाका प्रशासन कार्यालयका प्रमुख कोपिला राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा कार्यालयमा आयोजना गरिएको हो।
वडाका महिलाहरुलाई लैङ्गिक हिंसा विरुद्ध सचेत बनाउँदै जनचेतना जगाउने उदश्यले कार्यक्रम गरिएको वडा अध्यक्ष प्रैम मगरले बताउनु भयो। उद्घाटन कार्यक्रममा विभिन्न समुदायका महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरुलाई सामाजिक, कानुनसम्बन्धी विषयमा प्रमुख अतिथी राईले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले नारी अधिकार र आत्मनिर्भरताको महत्त्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।