images
images

कटारीमा हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले निरन्तरता पाउने

कटारी÷ कटारी नगरपालिमामा लैंङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले निरन्तरता पाउने भएको छ । मेयर राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले आगामी आर्थिक वर्षमा पनि परियोजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।
मेयर श्रेष्ठले लैंगिक हिंसा अन्त्य नभएसम्म समग्र नगरको विकास सम्भव नहुने भन्दै कार्यक्रमलाई प्रभावकारी रुपमा निरन्तरता दिने बताउनुभयो । त्यसैगरी उपमेयर गिता खड्काले आगामी वजेट पनि लैंिगक मैत्री निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मनोपरामर्श शाखाका सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक टिका मगरका अनुसार वैठकले ओसिएमसी र सुरक्षावासको सेवालाई दिगो तथा प्रभावकारी वनाउनका लागि विभिन्न संयन्त्र तथा नीतिगत निर्णयहरु भएको बताउनुभयो । त्यसैगरी हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना ले २० प्रतिशत बजेट व्यवस्था गर्ने निर्णय गरियो ।
सुरक्षावासको हकमा पालिकाले ३० प्रतिशत र परियोजनाले ७० प्रतिशत बजेट व्यवस्था गर्ने पनि वैठकले निर्णय गरेको छ । परियोजनाले सन् २०२३ देखि २०२५ सम्ममा सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुले ६ हजार ८ सय २ जनलाई जनचेतनामुलक कार्यक्रम संञ्चालन गरेको थियो ।
त्यसैगरी ८ सय १८ प्रभावितहरुलाई वहुक्षेत्रिय सेवा प्रदायक केन्द्रमा सेवाका लागि पठाएको छ ।