images
images

कटारी नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न

कटारी /कटारी नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ। आज नगर सभामा आयोजित चौधौं नगर अधिवेशन मार्फत चालु आ.व. को अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर सभामा कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्रकले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गर्नु भएको थियो ।खड्रकाले नगरपालिका अन्तर्गत रहेका विभिन्न शाखागत प्रगतिहरु समेत प्रस्तुत गर्नु भएको थियो । विभिन्न विषयगत शाखा अन्तर्गत नगरपालिकाले अपेक्षित उपलब्धी हासिल गरेको खड्काको भनाई छ ।
त्यसैगरी नगरले गरेका उपलब्धिहरु समेत प्रतिवेदनमा राखिएको थियो । प्रतिवेदन अनुसार पचास करोड बयानब्बे लाख बहत्तर हजार आठसय पैंतिस खर्च भएको छ। सभालाई सम्बोधन गर्दै मेयर राजेशचन्द्र श्रेष्ठले निर्णयार्थ पेश गरिएको निर्णय पारित गरिएकोमा सवैलाइ धन्यवाद दिनुभयो ।
नगरपालिकाको सवै वडा कार्यालय तयार भएको बताउँदै वडा नम्बर ९ को आगामी वर्ष वन्ने र अरु वडा कार्यालय वनिसकेको बताउनुभयो । शिक्षा र स्वास्थ्यमा गरिएको लगानीको प्रतिफल देखिन थालेको बताउँदै उहाँले नगरलाई शुसासनयुक्त वनाउँदै लगिएको बताउनुभयो ।भएका कमीकमजोरीलाई सच्चाएर जानुपर्ने वताउँदै मेयर श्रेष्ठले सकारात्मक सोचले काम गरे समृद्ध नगर बनाउन सकिने बताउनुभयो ।
जनताको पैसालाई सही ठाउँमा लगानी गरेको भन्दै उहाँले बेरुजु , ईन्धनमा खर्च घटेको र लिजामा प्रदेशमा दोस्रो र जिल्लामा पहिलो वन्न सकेको स्मरण गराउनुभयो । मेयर श्रेष्ठले भौतिक विकाससँगै सामाजिक विकासमा जोड दिनुभयो ।
सभामा वोल्दै प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले सभा सम्पन्न गर्न भूमिका खेल्ने सवैलाई धन्यवाद दिनुभयो ।
त्यसैगरी वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले कमी कमजोरीलाई सच्याउँदै जाने बताउनुभयो ।