
कटारी/कटारी नगरपालिकाका एकल विपन्न महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । एकल विपन्न महिलाहरुलाई स्वास्थ्य उपचारमा सहजताका लागि नगरपालिकाले स्वास्थ्य बिमा गर्ने भएको हो ।
यसै आर्थिक वर्ष देखि नगरपालिका भित्र रहेका एक हजार एक सय सतरी एकल महिलामध्ये अति विपन्न तिन सय महिलाहरूलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने नगरकार्यपालिकाले निर्णय गरेको छ ।
यो बिमाले महिलाहरूलाई वार्षिक १ लाख रुपैयाँसम्मको निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।स्वास्थ्य बिमा कार्यक्रमले एकल विपन्न महिलाहरुलाई अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने उपमेयर गिता खड्काले बताउनु भयो ।
यसका लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको पनि खड्काले बताउनु भयो। खड्काका अनुसार यो कार्यक्रमले विपन्न वर्गका महिलाहरूलाई स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने र उनीहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।