images
images

कटारी पाँचमा निशुल्क आमश उपचार शिविर सम्पन्न

कटारी/ स्वर्गिक मार्ग संघ नगर समिति कटारीको आयोजनामा कटारीको वडा नम्बर ५ मा निशुल्क आमश उपचार शिविर सम्पन्न भएको छ । माघेसंक्रान्तिका दिन शिव मन्दिर परिसरको सृजनशील क्लब हलमा संचालित ५ दिवसीय निःशुल्क आमश उपचार शिविर सम्पन्न भएको हो ।
समितिको कटारी अध्यक्ष दाल कुमार राईको सभापतित्व र कटारी नगरपालिकाका उपमेयर गिता खड्काको प्रमुख आतिथ्यतामा शिविरको समापन गरिएको हो । यस शिविरमा आमश प्रमुख–उर्मिला राई हुनुहुन्थ्यो। ३०० भन्दा बढीले शिविर बाट स्वास्थ्य लाभ उठाएको शिविर संयोजक–सरिता श्रेष्ठले बताउनुभयो ।
७ दिवसीय शिविर यस अघि कटारीको , ४ , ६,३ र ७ नम्बर वडामा सम्पन्न भईसकेको छ । सम्बन्धित वडा कार्यालयहरुको सहयोगमा शिविर संञ्चालन भईरहेको संयोजक श्रेष्ठले बताउनुभयो ।
परिवर्तन संघ उदयपुरको सह आयोजनामा सम्पन्न शिविरमा विभिन्न ९ किसिमका रोगहरुको आत्मा , मन र शरिरको उपचार गरिने गरिएको छ । जारी त्रिवेणी मेलामा पनि शिविरको आयोजना गर्ने तयारी भईरहेको छ ।