images
images

कटारीमा सिर्जना लेखन सम्बन्धि प्रशिक्षण सुरू

कटारी/ कटारीमा सिर्जना लेखन सम्बन्धि प्रशिक्षण सुरू भएकाे छ । प्रगतिशिल लेखक संघ नेपाल ,उदयपुरकाे आयाेजना र कटारी नगरपालिका जनतासँग उपमेयर कार्यक्रमकाे सहयाेगमा दुईदिने प्रशिक्षण सुरू भएकाे हाे । त्रिवेणी माविमा जारी प्रशिक्षणकाे उदघाटन गर्दै कटारीका उपमेयर गिता खड्काले कटारीमा पनि सिर्जना गर्न सक्ने व्यक्तिहरू तयार गर्न तालिमले सहयाेग पुराउने बताउनुभयाे । तालिमकाे प्राध्यापक डाक्टर देवी नेपालले सहजिकरण गरिरहनुभएकाे छ ।