images
images

मर्जेतपुरकाे वनले दियाे बालबालिकालाई न्यानाे कपडा , उपभाेक्तालाई विजुली

कटारी / सामूदायिक वन उपभोक्ता समूहहरु कृयाशिल भएनन भन्ने गुनासो बढिरहँदा उदयपुरको एक समूहले भने स्थानीय विद्यालयका वालवालिकालाई न्यायो कपडा र उपभोक्तालाई निशुल्क विजुली जडान गरिदिएको छ । जिल्लाको कटारी नगरपालिका , ७ स्थित श्री सरस्वती सामुदायिक वन उपभोक्ता समूहले वार्षिक कार्यक्रम मार्पmत ५० वालवालिकाहरुलाई न्यायो कपडा , झोला , मोजा र जुत्ता वितरण गरेको हो ।
उपभोक्ता समूहकै क्षेत्रमा रहेको सरस्वती आधारभूत विद्यालयका ५० वालवालिकाहरुलाई प्रति विद्यार्थी न्यायो कपडा (ट्रयाकसुट) एकजोर, झोला एकथान , मोजा एकजोर र जुत्ता एकजोर निशुल्क वितरण गरेको समूहका अध्यक्ष खड्गबहादुर तामाङ्गले बताउनुभयो । “उपभोक्ताहरुकै वालवालिकाहरु हुन् , उनीहरुलाई सहयोग गर्नु समूहको दायित्व नै हो ।”उहाँले भन्नुभयो ,“ वनको आम्दानीबाट उपभोक्ताहरुलाई लक्षित कार्यक्रम बनाएका हौं ।”
समूहले वालवालिकाहरुका लागि न्यानो कपडा सहितको सामाग्री वितरणका लागि एकलाख चार हजारको कार्यक्रम बनाएको समूहका सचिव कर्णबहादुर तामाङ्गले बताउनुभयो । सचिव तामाङ्गका अनुसार समूहले १०८ घरधुरी उपभोक्ताहरुलाई विजुली समेत जडान गरिदिएको छ । “निशुल्क रुपमा मिटरवक्स र कालोतार उपलब्ध गराएर विजुली जडान गरिदिएका छौं ।”सचिव तामाङ्गले भन्नुभयो ,“विजुली जडानका लागि झण्डै दशलाख समूहले खर्च गरेको छ ।”समूहले विजुली जडानका लागि नेपाल विद्युत प्राधिकरणको प्रशाखा कटारीसँग समन्वय गरेको हो ।
गाउँमा विजुली पुगेपनि जडान गर्न नसकेका उपभोक्ताहरुलाई वन समूहले विजुली जडान गरी घर उज्यालो बनाई दिएको हो । “कसरी जोड्ने झन्झट र पैसा पनि थिएन समूहले विजुली जोडिदिएपछी विजुली वाल्न पायौं ।”उपभोक्ता मोहनसिंह तामाङ्गले भन्नुभयो ।समूहले आगामी वार्षिक कार्यक्रमहरुमा सडक ,शिक्षा , खानेपानीका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको पनि अध्यक्ष तामाङ्गले बताउनुभयो ।