
कटारी / नेकपा एकिकृत समाजवादी पार्टीको उदयपुर क्षेत्र नम्बर २ स्तरीय कार्यकर्ता भेला आज सम्पन्न भएको छ । भेलाले क्षेत्र नम्बर २ को क्षेत्रीय संगठन कमिटी समेत गठन गरेको छ ।
२१ सदस्यि समितिको संयोजकमा हृदय विक्रम तामाङ्ग र सह संयोजकमा मानबहादुर केप्छाकी मगर चयन भएका छन् । पार्टीको वरिष्ठ नेता घलेन्द्र वस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगन्नाथ खतिवडाको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा वोल्दै प्रमुख अतिथि वस्नेतले सवैखाले विभेदको मुक्ति समाजवादले मात्रै दिने बताउनुभयो । जातिय , भाषिक , तथा सवै विभेदको अन्त्य समाजवाद रहेको उहाँको भनाई थियो । त्यसैगरी उपाध्यक्ष खतिवडाले यस निर्वाचन क्षेत्रमा गएको निर्वाचनमा काँग्रेस र माओवादीले दिएको धोकाको वदला लिएरै छोड्ने बताउनुभयो ।
सकेसम्म विजय प्राप्त गरेर नभए हराएर पनि वदला लिने उहाँको भनाई थियो । कार्यक्रममा केन्द्रीय सचिव वलदेव चौधरी , जिल्ला ईन्चार्ज राममणी पौडेल लगायतले सम्बोधन गरेका थिए ।भेलाको अवसरमा विभिन्न पार्टी परित्याग गरी दर्जन वढीले पार्टी प्रवेश गरेका थिए ।