कटारी / कटारी , ४ को तावा ककरु खोला क्षेत्र असापास ककरुखोला पुल नजिकै अवैध उत्खनन गरिरहेको भन्दै ईलाका प्रहरी कार्यालय कटारीले ४ वटा ट्रिपर र एउटा जेसिवी नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईका अनुसार आईतबार वेलुका नियन्त्रणमा लिएको ट्रिपर र जेसिवी आवश्यक कार्वाहीका लागि सोमबार नै नगरपालिकालाई बुझाईएको छ ।
अवैध बालुवा उत्खनन गरिरहेको ट्रिपर वालुवा सहित प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्रिपरहरुमा प्र.२–०३००१क१७४५ , को१ख५०७६, को१ख६४६७ , प्र१–०२–००१क५२९८ नम्बरका रहेका छन् । त्यसैगरी एकथान जेसिवी रहेको छ । नियन्त्रणमा लिईएका ट्रिपर र जेसिवी कटारी नगरपालिकाको नव निर्मित प्रशासकीय भवन परिसरमा राखिएको छ ।
नियन्त्रणमा लिईएका सवारीहरुलाई आवश्यक अनुसन्धान गरी कानुनी प्रकृया पुरा गरी मात्रै छोडिने कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।