गाईघाट / प्रदेश १ पुन नामाकरण संयुक्त संघर्ष समिति उदयपुरको आयोजनामा आज गाईघाटमा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । समितिका उदयपुर संयोजक गंगा राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ पुन नामाकरण संयुक्त संघर्ष समितिका संयोजक डेकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई , महासचिव तथा पहिचानका लागि युवाका कमाण्डर भीम राई , प्रदेश १ पुन नामाकरण संयुक्त संघर्ष समिति महासचिव रामभक्त कुरुम्वाङ्ग , किराया केन्द्रीय सदस्य मनिस राई , किराया सहकोषाध्यक्ष छिला राई , किराया केन्द्रीय सचिव नगेशचन्द्र राई लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि थेगिमले पहिचानको आन्दोलनको दोस्रो चरणको कार्यक्रममा २ मंसिरदेखि सुरु हुने र यसमा सरकार वाहिर रहेका र पहिचानलाई सहयोग गर्ने पार्टीका प्रमुखहरुलाई उपस्थित गराउने बताउनुभयो । थेगिमले यो आन्दोलन निर्णायक बनाउने भन्दै अन्तमा २०८४ सम्ममा पहिचान पक्षधरहरुको पार्टी निर्माण गरी निर्वाचनमा जान सम्म सकिने समेत बताउनुभयो ।
त्यसैगरी प्रदेश १ पुन नामाकरण संयुक्त संघर्ष समिति महासचिव रामभक्त कुरुम्वाङ्गले दोस्रो चरणको आन्दोलनको स्वरुपबारे नेता गोपाल किरातीले रणनीति तयार पारिरहेको बताउनुभयो । किरातीको रणनीति अनुसार आन्दोलन अघि बढ्ने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुवीच अन्र्तकृयात्मक प्रश्न र जवाफ अतिथिहरुले दिएका थिए । समितिले आगामी मंसिर २ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।


जनता भ्वाइस 








