images
images

कटारी च्याम्बरकाे देउसी : सुकुम्वासी र लक्षित समूहलाई शिक्षा र स्वास्थ्यमा लगानी गरिने

कटारी /कटारी च्याम्बर अफ कमर्स , उदयपुरले सुकुम्बासी वस्तिका वालवालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उद्येश्यले सामुहिक देउसी खेलिरहेको छ । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित सम्पूर्ण रकम सुकुम्वासी वस्ति तथा अतिविपन्न समुदायको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने भएको हो ।
तिहारका वेला खेलिने देउसीमा समेत धनी गरिब भनेर भेदभाव नहोस भनेर च्याम्बरले सुकुम्बासी वस्तिमै पुगेर देउसी खेलेको च्याम्बरका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । “भेदभाव नहोस भनेर हामीले सुकुम्बासी वस्तिबाट देउसी थाल्यौ र यसको समापन हामी कटारी , ४ को दलित मुसहर वस्तिमा गर्नेछौं ,”अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
अहिले कटारीको विभिन्न स्थानहरुमा च्याम्बर परिवारले देउसी खेलिरहेको छ । “संकलित सवै रकम संस्थाको निर्णय बमोजिम सुकुम्वासी र लक्षित क्षेत्रमा खर्च गर्नेछौं ।”देउसीको माध्यमबाट सामाजिक काम गर्न सकियोस भनेर देउसी आयोजना गरिएको हो ।
कटारी ४ मा दर्जनवढी घरपरिवारको सुकुम्वासी वस्ति छ । त्यहाँका वालवालिकाहरु आर्थिक अवस्था कमजोर हुँदा शिक्षा र स्वास्थ्यमा पछाडी परेका छन् । च्याम्बरले कटारी बजारका सम्पूर्ण व्यापारी , व्यवसायी तथा सरोकारवालाहरुलाई देउसीमा सहभागी हुन आग्रह गरेको छ ।