images
images

किरायाद्वारा कटारी ७ मा वडा कमिटी गठन

कटारी/ किरात राई यायोक्खाले कटारी नगरपालिका वडा नम्बर ७मा प्रारम्भिक वडा कमिटी गठन गरेको छ । नेत्रबहादुर राईको अध्यक्षतामा १५ सदस्यिय वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रुद्रबहादुृर राई , कोषाध्यक्षमा पदमाकुमारी राई , सचिवमा दिपककुमार राई र सह सचिवमा सुनमाया राई चयन भएका छन् । १० कार्तिकका दिन राई समुदायको वसेको भेलाले कमिटी गठन गरेको हो ।
किरायाका जिल्ला सदस्य निशान राई , नगर कमिटी सचिव मेनुका राई लगायतको उपस्थितमा वसेको भेलाले वडा कमिटी गठन गरेको हो ।