images
images

तेस्रो गबुवा नकाउट फुटबल सुरु , गराँसको विजयी सुरुवात

कटारी/ साविक विजेता वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ० का विरुद्ध १ गोल गर्दै गराँस फुटबल क्लव कटारी २ ले कटारी ४ गबुवामा आजदेखि सुरु तेस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । खेलको दोस्रो हाफमा गराँसका लागि जर्सी नम्बर १४ का विवश देवकोटाले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।
गबुवा स्पोर्टस क्लवको आयोजनामा सुरु प्रतियोगिताको उदघाटन खेलको म्यान अफ द म्याच गराँसका जर्सी नम्बर ८ का युवराज राई घोषित भए । उनलाई क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको एक कार्यक्रमकावीच प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो ।
उदघाटन गर्दै मेयर श्रेष्ठले गबुवामा युवाहरु फुटबल लगायत सामाजिक काममा कृयाशिल भएकोमा खुसी व्यक्त गर्नुभयो । त्यसैगरी विगतमा पनि क्लवलाई सहयोग गरेको स्मरण गर्दै जारी प्रतियोगिताका लागि एकलाख सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।
विशेष अतिथि वडाध्यक्ष भूपेन्द्रसिंह तामाङ्गले क्लवले प्रतियोगितालाई निरन्तरता दिएकोमा धन्यवाद दिंदै आप्mनो वडाको तर्पmबाट हुने सहयोगको प्रतिवद्धता जनाउनुभयो । प्रतियोगिताको विजेता टिमले नगद ७७ हजार ७ सय ७ का साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ का साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ ।
उदयपुर र सिन्धुलीका गरी १० टिम सहभागी प्रतियोगिता आगामी कार्तिक १३ गतेसम्म संञ्चालन हुनेछ । प्रतियोगितामा भोलि आयोजक गबुवा स्पोर्टस क्लव र शाका फुटबल क्लव कटारीवीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा विधागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ । उदघाटनमा कटारी , ३ का वडाध्यक्ष पुष्कर खड्का , उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रयास कार्की , कटारी च्याम्बर अफ कमर्सका अध्यक्ष पवन श्रेष्ठ लगायतका सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।