कटारी / कटारीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को नगर कमिटीले आज प्रदशर्न गरेको छ । पार्टीको केन्द्रिय सभापति रवी लामिछाने हिजो साँझ पक्राउ परेको विरोधमा कटारीमा पनि प्रदशर्न गरिएको हो ।
कमिटीले कटारी , ४ को सिम्लेबाट मोटरसाईल र्याली गर्दै बुद्धपार्कदेखि पुन भूगोलपार्कमा पुगेर कोण सभा गरेको थियो । सभालाई सम्बोधन गर्दै कमिटीका सभापति सुरेन्द्र जयसवालले सहकारी ठगी काण्डमा रवी दोषी नभएपनि सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको बताउनुभयो ।
लामो समयको छानविन समितिको प्रतिवेदनले लामिछाने संलग्न नभएको सार्वजनिक गरिसकेको सभापति जयसवालको भनाई थियो । सरकार खुलेआम भ्रष्टाचारमा लागिपरेको विरोध गर्दा लामिछानेलाई पक्राउ गरिएको उहाँको भनाई थियो ।
त्यसैगरी कमिटीका सचिव सूर्य लामाले गाउँगाउँका युवा अव सडकमा आउनुपर्ने समय आएको बताउनुभयो । देश वंगलादेशको अवस्थामा पुग्ने उहाँको भनाई थियो ।
र्यालीमा उनीहरुले सरकार विरुद्ध चर्का नाराबाजी गर्दै गृहमन्त्रीको राजिनामाको माग गरेका थिए ।


जनता भ्वाइस 








