images
images

वागमती प्रदेश प्रहरी तालिम केन्द्र शलेस कपको फाईनल प्रवेश

कटारी/ वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली कटारी , ५ भोर्लेमा स्वर्गिय पशुपति गिरीको स्मृतिमा जारी दोस्रो शलेस कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आज पहिलो सेमी फाईनल खेलमा नमुना जनउत्थान क्लव डकाहालाई टाईपव्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै केन्द्रले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
खेल अवधिमा तीन तीन गोलको बराबरी भएपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो । पहिलो हाफमै तीन गोलको अग्रता लिएको डकाहाको यात्रा केन्द्रले अन्त्य गरेको हो ।पहिलो हाफको अतिरिक्त समयमा पहिलो गोल गर्दै केन्द्रले अग्रता तीन एकमा पुराएको थियो ।
दोस्रो हाफको अन्तिम समयमा दुई तीनको नतिजा निकालेको केन्द्रले अतिरिक्त समयको अन्तिममा गोल गरेर खेल बराबरीमा ल्यायो । अन्तत केन्द्रले फाईनलमा आप्mनो स्थान सुरक्षित गर्न सफल हुँदा केन्द्रका भोला माझी ह्याट्रीक सहित म्यान अफ द म्याच बने । उनलाई कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले नगद १ हजार ५ सय सहित पुरस्कार प्रदान गर्नुभयो ।
डकाहालाई सहभागीताको मायाको चिनो वडाध्यक्ष मोहन तामाङ्गले प्रदान गर्नुभयो । शसेल युवा समूहको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ७१ हजार १ रुपैंयाका साथमा , शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने र उपविजेताले नगद ५१ हजार १ रुपैंयाका साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्नेछन् । भोलि अन्तिम सेमी फाईनलमा दुधौली स्पोर्टस सिन्धुली र मुनाल फुटबल क्लव उयपुरले प्रतिष्पर्धा गर्नेछन् , विजेता टिमले पर्सी हुने फाईनलमा उपाधिका लागि केन्द्रसँग प्रतिष्पर्धा गर्नेछ ।