
कटारी / कलाकारितामा चर्चा कमाउँदै आएका कटारी १० का मनिष श्रेष्ठले यस वर्षको दसैंको अवसरमा आप्mनै गाउँठाउँमा निशुल्क १० दिने नृत्य , अभिनय तथा गायन सम्बन्धि निशुल्क प्रशिक्षण दिनुहुने भएको छ । कलाकार श्रेष्ठले आप्mनो गाउँठाउँमा केहि गर्छु भन्नेहरुलाई सहयोग पुगोस भनेर निशुल्क कक्षा संञ्चालन गर्न लागेको बताउनुभयो ।
दसैंमा हुने विभिन्न स्थानका कार्यक्रमहरु स्थगित गरी आप्mनै गाउँ ठाउँका लागि निशुल्क कक्षा संञ्चालन गर्न लागेको पनि श्रेष्ठले वताउनुभयो । लामो समयदेखि नृत्य , गायन र म्युजिक भिडियोहरु निर्देशन गर्दै आउनु भएका श्रेष्ठ पछिल्लो समय विभिन्न विधामा समेत उत्कृष्ट हुँदै आउनुभएको छ ।