images
images

वागमति प्रदेश प्रहरी तालिम केन्द्र सेमी फाईनल प्रवेश

कटारी / मित्रता फुटबल क्लव सिन्धुलीलाई १ का विरुद्ध दुई गोल गर्दै बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली कटारी , ५ भोर्लेमा स्वर्गिय पशुपति गिरीको स्मृतिमा जारी दोस्रो शलेस कप फुटबल प्रतियोगिताको सेमी फाईनलमा प्रवेश गरेको छ । आज पहिलो क्वाटरफाईनलमा खेलमा जित हात पार्दा केन्द्रका जर्सी नम्बर ९ का प्रताप चौधरी म्यान अफ द म्याच बने ।
उनलाई नेपाल आदिवासी जनजाति महासंघ कटारीका अध्यक्ष डिकबहादुर श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो ।
शसेल युवा समूहको आयोजनामा जारी प्रतियोगिता १६ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले नगद ७१ हजार १ रुपैंयाका साथमा , शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने र उपविजेताले नगद ५१ हजार १ रुपैंयाका साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्नेछन् । मित्रतालाई आज मायाको चिनो आयोजक समूहका सचिव सुमन श्रेष्ठले प्रदान गर्नुभयो । २३ असोजमा सकिने प्रतियोगितामा भोलि दोस्रो क्वाटर फाईनलमा मुनाल फुटबल क्लव र आदर्स फुटबल क्लव उदयपुरवीच प्रतिष्पर्धा हुनेछ ।