images
images

कटारीमा जसपाको नगर कमिटी गठन अशोक राईले गरे सम्बोधन

कटारी / जनता समाजवादी पार्टीका अध्यक्ष तथा निवर्तमान शिक्षा मन्त्री अशोक कुमार राईले पुरानो ठुला पार्टीहरु आकाशतिर मात्रै फर्किएको बताउनुभएको छ । आज उदयपुरको कटारीमा नगरस्तरीय भेला तथा पार्टी रुपान्तरण कार्यक्रममा वोल्दै अध्यक्ष राईले पुरानो पार्टीहरु माथिल्लो तहको पदहरु प्राप्त गर्ने उद्येश्यमा केन्द्रित रहेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री , मन्त्री , संसद , प्रदेश , पालिका प्रमुख बन्नु मात्रै उनीहरुको उद्येश्य रहेको अध्यक्ष राईको आरोप थियो । “पुरानो पार्टीहरुलाई त्यति नभए राजदुत अनि भ्रष्टाचार , कमिसन केन्द्रीत भएका छन् ,”उहाँले भन्नुभयो ,“हाम्रो पार्टी भनेको जनताको समस्या बुभ्mने भुईमान्छेसम्म पुगेर सेवा गर्ने पार्टी बन्नुपर्छ ।”
आफुहरु नयाँ पार्टी नभई पुरानै भएपनि कानुनी रुपमा दर्ता प्रकृयामा नयाँ रहेको अध्यक्ष राईको भनाई थियो । उहाँले देशभर अहिले ४५ जिल्लामा पार्टीको संगठन बनिसकेको र वाँकी वन्ने क्रममा रहेको बताउनुभयो । “प्रवासका १८ देशमा पार्टी गठन भईसकेको छ भने ४ देशमा सम्पर्क समिति गठन भईसकेको छ ।”
कार्यक्रममा वोल्दै पार्टीका उपाध्यक्ष प्रतिनिधि सभा सदस्य शुसिला श्रेष्ठले उपेन्द्र यादवको एकल निर्णय गर्ने प्रकृयाका कारण पार्टी फुटेको बताउनुभयो । सिंहदरवारदेखि स्थानीय तहसम्म भ्रष्टाचार आईपुगेकोले यसको नियन्त्रण गर्नु पार्टी कार्यकर्ताको जिम्मेवारी रहेको उहाँको भनाई थियो ।
त्यसैगरी कार्यक्रमबाट जनक वाम्बुले राईको अध्यक्षतामा १५ सदस्यिय नगर कमिटी गठन गरिएको पार्टीको प्रदेश सदस्य यज्ञकुमार राईले बताउनुभयो । समितिको उपाध्यक्षमा देव सुनुवार , सचिवमा डबबहादुर परियार , सह सचिवमा यमबहादुर पुलामी मगर र कोषाध्यक्षमा ईबकुमारी सुनुवार चयन भएका छन् । जिल्लामा पालिका स्तरीय कमिटीहरु गठन भईरहेको जिल्ला अध्यक्ष केशक मगरले बताउनुभयो ।