images
images

डाईमण्डलाई हराउँदै पशुपति गुल्म वेलसोत विजयी

कटारी /डाईमण्ड फुटबल क्लव हर्षाही दुधौलीलाई ० का विरुद्ध ३ गोल गर्दै पशुपति गण वेलसोत गुल्म कटारी १ कटारी , ५ भोर्लेमा स्वर्गिय पशुपति गिरीको स्मृतिमा जारी दोस्रो शलेस कप फुटबलमा विजयी भएको छ । आज गुल्मले डाईमण्डलाई हराउँदा गुल्मका ६ नम्बर जर्सीका झलक बुढाथोकी म्यान अफ द म्याच बने ।
शसेल युवा समूहको आयोजनामा जारी प्रतियोगिता १६ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले नगद ७१ हजार १ रुपैंयाका साथमा , शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने र उपविजेताले नगद ५१ हजार १ रुपैंयाका साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्नेछन्
२३ असोजमा सकिने प्रतियोगितामा भोलि पहिलो चरणको अन्तिम खेलमा दुधौली स्पोर्टस क्लव र खैरेनी फुटबल क्लववीच प्रतिष्पर्धा हुनेछ ।