कटारी / कटारी , ५ भोर्लेमा जारी स्वर्गिय पशुपति गिरी स्मृतिमा जारी दोस्रो शलेस कप फुटबलमा आज वागमति प्रदेश प्रहरी तालिम केन्द्र दुधौली विजयी भएको छ । टाईपव्रेकरमा च्याँगा फुटबल क्लव कटारी , ३ लाई ४ का विरुद्ध ५ गोल गर्दै प्रहरी तालिम केन्द्र विजयी भएको हो ।
खेल अवधिमा दुई दुई गोलको बराबरी भएपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो । पहिलो हाफमा अग्रता लिएको केन्द्रलाई पहिलो हाफमै च्याँगाले बराबरी गरेको थियो । दोस्रो हाफमा थप एकगोल गर्दै च्याँगाले अग्रत लिएपनि अतिरिक्त समयमा केन्द्रले गोल गरी खेल बराबरीमा ल्याएको थियो ।
खेलको म्यान अफ द म्याच केन्द्रका गोल रक्षक अनिल तामाङ्ग घोषित भए । उनलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको विजेताले नगद ७१ हजार १ रुपैंयाका साथमा , शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने र उपविजेताले नगद ५१ हजार १ रुपैंयाका साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका आयोजक सलेश युवा समूहका अध्यक्ष देवान थापाले बताउनुभयो ।
१६ टिम सहभागी प्रतियोगिता आगामी २३ असोजसम्म संञ्चालन हुनेछ । प्रतियोगितामा भोलि मुनाल फुटबल क्लव र त्रिवेणी स्पोर्टस वीच प्रतिष्पर्धा हुनेछ ।