
कटारी / काम गरौं मुटु बचाऔं भन्ने मुल नाराका साथ आज कटारीमा पनि विश्व मुटु दिवश मनाईएको छ । नेपाल हृदयरोग प्रतिष्ठान नेपाल उदयपुर शाखाको आयोजनामा एकदिने अन्र्तकृया गर्दै दिवश मनाईएको हो ।
शाखाका सभापति पवन श्रेष्ठको सभापतित्वमा र कटारी नगरपालिकाका उपमेयर गिता खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा कटारी अस्पत्तालका मेडिकल सुपरीडेण्टेड गौरब साहले मुटुका बारेमा जानकारी दिंदै यसलाई कसरी वचाउने बारेमा प्रस्तुति दिनुभएको थियो ।
डा.साहका अनुसार हरेक दिन एकलाख पटक धड्किने मुटुले कोशीकामा रगत पुराउने वताउनुभयो । त्यसैगरी धुम्रपान , मद्यपान , मोटोपन , जस्ता समस्याले मुटुको रोगी वढ्ने पनि डा. साहका भनाई थियो । मुटु बचाउन खानपान र शरिरलाई काम अथवा व्यायाम आवश्यक रहेको पनि डा.साहले बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख भीमप्रसाद भट्टराई लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कटारी च्याम्वर अफ कमर्स , एभरेष्ट कला समाजको सहकार्य र कटारी नगरपालिकाको सहयोगमा कार्यक्रम गरीएको सभापति श्रेष्ठले बताउनुभयो । कार्यक्रमको सहजिकरण कटारी अस्पत्तालले गरेको हो ।