images
images

दोस्रो सलेश कपमा आदर्श युवा क्लव नेपालटार विजयी

कटारी / कटारी नगरपालिका वडा नम्बर ५ भोर्लेमा जारी स्वर्गीय पशुपति गिरी दोस्रो सलेश कप २०८१ खुल्ला नकाउट फुटबल प्रतियोगितामा आज आदर्श युवा क्लव नेपालटार उदयपुर विजयी भएको छ । सिन्धुली दुधौलीको जुनेली युवा क्लव पत्रिं¨ालाई ० का विरुद्ध दुई गोल गर्दै आदर्शले विजयी सुरुवात गरेको हो ।
खेलको म्यान अफ द म्याच आदर्शका विराज राई घोषित भए । शलेश युवा समूहको आयोजनामा जारी प्रतियोगिता आगामी असोज २३ गतेसम्म संञ्चालन हुने छ । महान पर्व दसैं तिहारको अवसरमा आयोजित प्रतियोगिताको विजेताले नगद ७१ हजारका साथमा , शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने र उपविजेताले नगद ५१ हजारका साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका उपाध्यक्ष वसन्त भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता , उत्कष्ट गोल रक्षक लगायतका विधामा समेत शिल्ड , मेडल , प्रमाण पत्रको व्यवस्था गरिएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद पुरस्कार प्रदान गरिने क्लवका सचिव सुमन श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा उदयपुर र सिन्धलीा गरी १६ टिमले प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक अम्बर तामाङ्गले बताउनुभयो ।