images
images

दोस्रो सलेश कप सुरु , आयोजकलाई पराजित गर्दै मित्रताको विजयी सुरुवाता

कटारी / कटारी नगरपालिका वडा नम्बर ५ भोर्लेमा आजदेखि स्वर्गीय पशुपति गिरी दोस्रो सलेश कप २०८१ खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा आज आयोजक शलेस यूवा समूहलाई टाईपव्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै सिन्धुली दुधौलीको मित्रता युवा क्लवले विजयी सुरुवात गरेको छ ।
खेलको सुरुवातमै लिएको अग्रतालाई अन्तिम समयमा कायम गर्न नसक्दा आयोजक शलेसले खेल अवधि एकएकको वराबरीमा खेल्नु परेको थियो । टाइपव्रेकरमा विजयी मित्रताका गोल रक्षक मनिष मगर म्यान अफ द म्याच घोषित भए ।
उनलाई आयोजक क्लव सलेशका अध्यक्ष देवान थापाले पुरष्कार प्रदान गर्नुभयो । स्वर्गीय गिरीको सम्झनामा आयोजित प्रतियोगिताको एक समारोहका वीच वडाध्यक्ष मोहन तामाङ्गले उदघाटन गर्नुभएको थियो । उदघाटन गर्दै उहाँले प्रतियोगिताका लागि दोस्रो पुरष्कार प्रायोजन गर्नुका साथै आगामी दिनमा सकेको सहयोग गर्ने बताउनुभयो । प्रतियोगिता आगामी असोज २३ गतेसम्म संञ्चालन हुने छ ।
गिरीको सम्झनामा उनको परिवारले प्रतियोगिताका लागि सहयोग गरेका हुन् । महान पर्व दसैं तिहारको अवसरमा आयोजित प्रतियोगिताको विजेताले नगद ७१ हजारका साथमा , शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने र उपविजेताले नगद ५१ हजारका साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका उपाध्यक्ष वसन्त भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता , उत्कष्ट गोल रक्षक लगायतका विधामा समेत शिल्ड , मेडल , प्रमाण पत्रको व्यवस्था गरिएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद पुरस्कार प्रदान गरिने क्लवका सचिव सुमन श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा आयोजक सलेश युवा क्लवसँगै मित्रता युवा क्लव , सिन्धुली , च्याँगा फुटबल क्लव कटारी , वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली , नमुना जनउत्थान क्लव सिन्धुली , साका फुटबल क्लव , कटारी , वेतसोत आर्मी क्याम उदयपुर , डाईमण्ड फुटबल क्लव सिन्धुलीले प्रतिष्पर्धा गर्नेछन् ।
त्यसैगरी आदर्श युवा क्लव उदयपुर , जुनेली युवा क्लव सिन्धुली , मुनाल फुटबल क्लव उदयपुर , त्रिवेणी स्पोर्टस क्लव खोक्सा उदयपुर , बिविसी उदयपुर , जहडी फुटबल क्लव उदयपुर , दुधौली स्पोर्टस क्लव सिन्धुली र खैरेनी फुटबल क्लव उदयपुरले प्रतिष्पर्धा गर्नेछन् । भोलिको खेल आदर्स युवा क्लब उदयपुर र जुनेली युवा क्लव सिन्धुली वीच हुने प्रतियोगिता संयोजक अम्बर तामाङ्गले बताउनुभयो ।