कटारी / कटारी , ४ का समाजसेवी खर्कबहादुर दनुवार दनुवार काईलाले आज मंगल परोपकार आधारभूत विद्यालय कटारी , ३ बलियाका ५२ जना विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ । समाजसेवी दनुवारले ५२ विद्यार्थीहरुलाई पोशाक सिलाउने कपडा निशुल्क प्रदान गर्नुभएको हो ।
आज संविधान दिवशको अवसर पारेर समाजसेवी दनुवार र श्रीमति सुकुमाया दनुवारले संयुक्त रुपमा विद्यार्थी र अभिभावकहरुलाई विद्यालयमै पोशाक वितरण गर्नुभएको थियो । कोरोना कालमा आफु र श्रीमति दुवैलाई कोरोना लागेको र धेरै जनाको कोरोनाका कारण मृत्यु भएपछी आफुले जीवनमा वाँचेको समय र रकमबाट सहयोग गर्न सुरु गरेको दनुवारले बताउनुभयो ।
दनुवारले आप्mनै आम्दानीबाट सहयोग गर्दै आउनुभएको छ । पोशाक वितरण कार्यक्रममा वोल्दै वडा सदस्य भगवती दनुवारले वडाले पनि विद्यालयलाई आवश्यक सहयोग गरिरहेको बताउनुभयो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैद्यनाथ अधिकारी दनुवारले विपन्न अधिकांस दनुवार समुदायको वालवालिका अध्ययन गर्ने विद्यालय विभिन्न दाताहरुको सहयोगमा संञ्चालन भईरहेको बताउनुभयो ।
समाजसेवी दनुवारले वितरण गर्नुभएको पोशाकले धेरैलाई सहज हुने भन्दै उहाँले धन्यवाद समेत दिनुभयो । कार्यक्रममा समाजसेवी ज्ञानबहादुर थापा दनुवारको कामको प्रशंसा गर्नुभयो । दनुवारले हालसम्म कटारीकै मयाँखु , वेतेनी , हलेदे , तित्रिबोटका विद्यालयमा पनि पोशाक सहयोग गरिसक्नुभएको छ ।
त्यसैगरी केहि दिनमै वड्मी स्थित विद्यालयमा पनि पोशाक वितरण गर्ने तयारी भईरहेको दनुवारले बताउनुभयो । शिक्षा जस्तो विषयमा कसैले पोशाक नभएकै कारण विद्यालय आउने अवसर गुमाउनु नपरोस भनेर सहयोग गरेको दनुवारको भनाई छ । उहाँले कोरोना कालमा समस्या परेकाहरुलाई अढाईसय वोरा चामल सहयोग गर्नुभएको थियो ।
त्यस्तै सिम्लेको स्कूलमा पंखा सहयोग गरेको पनि दनुवारले बताउनुभयो । समाजमा आप्mनै व्यक्तिगत रुपमा विभिन्न सहयोग गर्नुभएको उहाँले आप्mनो खुसीले सहयोग गरेको र यसमा कुनै स्वर्थ नरहेको बताउनुभयो । श्री कृष्ण प्रणामी मन्दीर वलियाको सहकार्यमा वृद्धाश्रमसँगै वालवालिकाहरुलाई निशुल्क अध्ययनका लागि स्थापना गरिएको विद्यालयमा आज संविधान दिवश र अभिभावक भेलाको अवसरमा पोशाक वितरण गरिएको हो ।