कटारी / कटारीबाट प्रशारित समावेशी एफ एम ९२ दशमलव ३ मेगाहर्ज आजबाट ७ औं वर्ष पुरा गरी ८ औं वर्षमा प्रवेश गरेको छ । हामी सवैको आवाज भन्ने मूल नाराका साथ २०७३ साल असोज १ गते विश्वकर्मा पुजाकै दिनदेखि एफ एमले आप्mनो नियमित प्रशारण शुभारम्भ गरेको थियो ।
उदयश्री मिडिया प्रालि कटारीद्वारा संञ्चालित एफ एमले यसवीचमा सहकार्य गर्ने विभिन्न सरोकारवाला निकाय , विज्ञापनदाता , तथा देश विदेशमा रहनुभएका समस्त स्रोताहरुलाई धन्यवाद दिएको छ । त्यसैगरी आगामी दिनमा साथ सहयोग र सहकार्यको अपेक्षा गरिएको एफ एमका स्टेशन म्यानेजर सञ्जु राउतले बताउनुभयो ।
एफ एम हाम्रो पात्रो मार्पmत विश्वभर र उदयपुरको कटारीबाट आसपासमा प्रत्यक्ष सुन्दै आईरहनुभएको छ । एफ एमले जनचेतनामूलक कार्यक्रमहरु , सूचना , समाचार तथा मनोरञ्जनात्मक कार्यक्रमहरु दैनिक १७ घण्टा प्रशारण गर्दै आईरहेको छ ।
त्यसैगरी आधुनिक प्रविधि बमोजिम सामाजिक संञ्जालको फेसबुकपेज मार्पmत समेत यस एफ एमलाई सुन्न सकिनेछ ।