images
images

दोस्रो सलेश कप फुटबल असोज ९ देखि हुने

कटारी / उदयपुरको कटारीमा दोस्रो सलेश कप २०८१ खुल्ला नकाउट फुटबल प्रतियोगिता आगामी असोज ९ गतेदेखि २३ गतेसम्म संञ्चालन हुने भएको छ । कटारी नगरपालिका वडा नम्बर ५ भोर्लेमा हुने प्रतियोगिता बारे आज पत्रकार सम्मेलन गर्दै आयोजक सलेश युवा समूह भोर्लेले प्रतियोगिताबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा वोल्दै समूहका अध्यक्ष देवन थापाले स्थानीय स्वर्गिय श्री पशुपति गिरीको स्मृतिमा दोस्रो सलेश कप फुटबलको आयोजना गर्न लागिएको बताउनुभयो । गिरीको सम्झनामा उनको परिवारले प्रतियोगिताका लागि सहयोग गरेका हुन् । महान पर्व दसैं तिहारको अवसरमा आयोजित प्रतियोगिताको विजेताले नगद ७१ हजारका साथमा , शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने र उपविजेताले नगद ५१ हजारका साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका उपाध्यक्ष वसन्त भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता , उत्कष्ट गोल रक्षक लगायतका विधामा समेत शिल्ड , मेडल , प्रमाण पत्रको व्यवस्था गरिएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद पुरस्कार प्रदान गरिने क्लवका सचिव सुमन श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा जानकारी दिईए अनुसार प्रतियोगितामा उदयपुर र सिन्धुलीका १६ टिमले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक सलेश युवा क्लवसँगै मित्रता युवा क्लव , सिन्धुली , च्याँगा फुटबल क्लव कटारी , वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली , नमुना जनउत्थान क्लव सिन्धुली , साका फुटबल क्लव , कटारी , वेतसोत आर्मी क्याम उदयपुर , डाईमण्ड फुटबल क्लव सिन्धुलीले प्रतिष्पर्धा गर्नेछन् ।
त्यसैगरी आदर्श युवा क्लव उदयपुर , जुनेली युवा क्लव सिन्धुली , मुनाल फुटबल क्लव उदयपुर , त्रिवेणी स्पोर्टस क्लव खोक्सा उदयपुर , बिविसी उदयपुर , जहडी फुटबल क्लव उदयपुर , दुधौली स्पोर्टस क्लव सिन्धुली र खैरेनी फुटबल क्लव उदयपुरले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता समूहको खेल मैदान र्भोलमा संञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा प्रतियोगिताको सहयोगीहरु बारे पनि जानकारी दिईएको थियो ।