images
images

कटारीमा सम्पन्न हरिचन्द्र साह स्मृति कपको उपाधि त्रिवेणी माविलाई

कटारी / कटारीमा आज सम्पन्न अन्तरविद्यालय स्तरीय प्रथम हरिचन्द्र साह स्मृति कप फुटबल प्रतियोगिताको उपाधि नमुना त्रिवेणी मावि कटारीले कब्जा गरेको छ । कटारी टाईगर क्लवको आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा सिन्धुलीको दुधौली स्थित नमुना मावि लदाभीरलाई टाईपव्रेकरमा ३ का विरुद्ध ४ गोल गर्दै त्रिवेणीले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै त्रिवेणीले नगद तीस हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता नमुना मावि लदाभीरले नगद वीस हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्रमा चित्त बुझायो । फाईनलको खेलमा खेल अवधिमा दुवै टिमले गोल गर्न नसकेपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो ।
टाईपव्रेकरमा त्रिवेणीका लागि स्मीथ भुजेल ,रितेश दनुवार , शुसेन ठकुरी र गगन अधिकारीले गोल गरेका थिए । त्रिवेणीका राजु विकको प्रहारले गोलको दिशा लिन सकेन ।त्यसैगरी लदाभीरका लागि टिका थापा मगर , समिर कुमर र सनिल कुमरले गोल गरे । मनिष कुमर र जितलाल कुमरको प्रहार गोलपोष्ट भन्दा वाहिर गयो ।
प्रतियोगितिाको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्डरको उपाधि त्रिवेणीका स्मीथ भुजेल घोषित भए । त्यसैगरी त्रिवेणी माविकै उत्कृष्ट गोल रक्षक सुरेन्द्र मगर , उदयमान खेलाडी सुनिल थापा घोषित भए ।
उत्कृष्ट मिडफिल्डर लदाभीरका मनिष कुमर घोषित भए । सवोत्कृष्ट गोलकर्ता वालमन्दिर मावि वोक्से गाईघाटका लक्की राई घोषित भए । पुरस्कृतहरुलाई प्रमख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ विशेष अतिथि , नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा , स्वगिय हरिचन्द्र साहका श्रीमति सुनिता साहले पुरस्कार वितरण गरेका थिए ।
उत्कृष्ट खेलाडी त्रिवेणीका स्मीथ भुजेललाई कटारी किचेनका संञ्चालक रुक्जा राईको प्रायोजनमा साईकल समेत प्रदान गरिएको थियो । आयोजक टाईगर क्लवका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगितामा उदयपुर र सिन्धुलीका गरी १४ विद्यालय सहभागी भएका थिए । प्रतियोगिता गएको भदौ ७ गतेदेखि सुरु भएको थियो ।
प्रतियोगिताका संयोजक रोहन जोशीले प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कक्षा १० सम्मका विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका हुन् । कार्यक्रमको समापनमा वोल्दै प्रमुख अतिथि कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले नगरपालिकाले समेत आगामी दिनमा यस्तो प्रतियोगिताहरु संञ्चालन गर्ने बताउनुभयो । कार्यक्रमा सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार लगायत खेलकुदसँग सम्वन्ति सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी भएका थिए ।
कटारी स्थित टाईगर फिल्डमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सहयोगीहरु , कटारीका खेलाडीहरु , निर्णायकहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।