कटारीमा आयोजित कार्यक्रममा वोल्दै अध्यक्ष लामा । तस्विर सौजन्य विजय मगर (मेघा फोटो स्टुडियो कटारी )
कटारी / पmुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले नेपालमा फुटबल खेलेरै पनि स्थापित हुन सकिने बताउनुभएको छ । आज कटारीमा टाईगर फुटबल क्लवले आयोजना गरेको फुटबल खेल सम्बन्धि अन्र्तकृयामा अध्यक्ष लामाले यस्तो बताउनुभएको हो ।
नेपालमा समेत २५ हजारदेखि एकलाख बढी मासिक तलबमा फुटबल खेलाडीहरु खेलिरहेको अध्यक्ष लामाको भनाई थियो ,“वार्षिक विभिन्न डिभिजनका प्रतियोगिताहरुबाट हजारौं खेलाडीहरु उत्पादन हुन्छन्।”अध्यक्ष लामाले भन्नुभयो ,“तर त्यसमा पनि उत्कृष्ट खेलाडी वन्न सक्यो भने राम्रो भविष्य छ ।”
नेपाली खेलकुदको राष्ट्रिय टिममा पर्न खेल भन्दापनि राजनीतिक भनसुन चाहिन्छ ? भन्ने सहभागीहरुको प्रश्नको जवाफ दिंदै थ्री स्टार क्लवका पूर्व कप्तान समेत रहनुभएका अध्यक्ष लामाले यस्तो नहुने बताउनुभयो । “राष्ट्रिय खेलमा क्षमता देखाउन सके मेहनत र सपना भए भनसुन चाहिन्न ,”उहाँले भन्नुभयो ,“म आपैm पनि सात किलोमिटर हिंडेर खेलमा संघर्ष गरें, मलाई राष्ट्रिय टिममा खेल्न भनसुन आवश्यक परेन ।”
भविष्य र पैसा नेपाली फुटबलमा छैन् भनेर खेलाडीहरु पलायन भएको भन्ने सहभागीहरुको प्रश्नमा अध्यक्ष लामाले सवै पेशा व्यवसायका मानिसहरु विदेश गईरहेकोले फुटवलमा पनि त्यस्तै भएको बताउनुभयो । “फुटबल नै खेलेका कारण अष्ट्रेलिया गएका खेलाडी पनि छन् , उनीहरुको भविष्य फुटबलले नै वनेको हो नि ,”उहाँले भन्नुभयो ,“पछिल्लो समय नेपाली महिला खेलाडीहरुले विश्व फुटवलमा खेल्ने अवसर पाएका छन् त्यहाँ आम्दानी पनि मनग्य छ त्यो भविष्य हैन् ,”
तल्लो तहबाट नै फुटबलको विकास गर्नुपर्छ भनेर अहिले संघ लागि परिरहेको अध्यक्ष लामाको भनाई थियो । नेपालमा खेलाडीहरुले राम्रै आम्दानी खेलबाटै गर्न सक्ने अवस्था हुँदै गएको भए पनि नियमित ठूला प्रतियोगिताहरु हुन नसक्नु भने दुःःखद अवस्था रहेको अध्यक्ष लामाको भनाई थियो ।
फुटबल सम्बन्धि समस्या , जिज्ञासा , र वर्तमान फुटबल खेलको अवस्थाका विषयमा कार्यक्रममा अध्यक्ष लामालाई खेलाडीहरुले प्रश्न सोधेको आयोजक टाईगर क्लवका अध्यक्ष दिपक राईले बताउनुभयो ।