कटारी/ कटारी नगरपालिकाले नगर शिक्षा योजना निर्माण कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारको राष्ट्रिय नीति अन्र्तगत स्थानीय तहले नगर शिक्षा योजना निर्माण गर्नु पर्ने भएकाले योजना निर्माणको काम थालिएको हो ।
नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार गुणस्तरीय शिक्षालाई अधिकारका रुपमा स्थापित गरी समतामूलक पहुँच र सहभागीता सुनिष्चित गर्ने गरी शिक्षा योजना तर्जुमा गरिनेछ । “पाँच वर्षे वा दश वर्षे योजना तर्जुमा गर्ने तयारीको काम थालेका छौं ।”मेयर श्रेष्ठले भन्नुभयो ,“सरकारको नीति अनुसार हामी आप्mनो स्थानीय तहको अनुकुल योजना तर्जुमा गर्नेछौं ।”
नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जु दाहालले पहिलो चरणमा निर्देशिका बमोजिमको अन्र्तकृया , छलफल , समिति गठनको काम सुरु भएको छ । “मेयर श्रेठको संयोजकत्वमा नगर निर्माण समिति र शिक्षा शाखाका सूर्यवहादुर कार्कीको संयोजकत्वमा लेखा परिचालन समिति गठन गरिसकेका छौं ।”
पहिलो चरणमाशैक्षिक योजना बनाउँदै कटारी नगरपालिका
कटारी कटारी नगरपालिकाले नगर शिक्षा योजना निर्माण कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारको राष्ट्रिय नीति अन्र्तगत स्थानीय तहले नगर शिक्षा योजना निर्माण गर्नु पर्ने भएकाले योजना निर्माणको काम थालिएको हो ।
नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार गुणस्तरीय शिक्षालाई अधिकारका रुपमा स्थापित गरी समतामूलक पहुँच र सहभागीता सुनिष्चित गर्ने गरी शिक्षा योजना तर्जुमा गरिनेछ । “पाँच वर्षे वा दश वर्षे योजना तर्जुमा गर्ने तयारीको काम थालेका छौं ।”मेयर श्रेष्ठले भन्नुभयो ,“सरकारको नीति अनुसार हामी आप्mनो स्थानीय तहको अनुकुल योजना तर्जुमा गर्नेछौं ।”
नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जु दाहालले पहिलो चरणमा निर्देशिका बमोजिमको अन्र्तकृया , छलफल , समिति गठनको काम सुरु भएको छ । “मेयर श्रेठको संयोजकत्वमा नगर निर्माण समिति र शिक्षा शाखाका सूर्यवहादुर कार्कीको संयोजकत्वमा लेखा परिचालन समिति गठन गरिसकेका छौं ।”
पहिलो चरणमा नगरपालिका भित्रका शिक्षासँग सम्बन्धित सरोकारवालाहरुसँग नगरपालिकाले छलफल गरिरहेको छ । “विभिन्न सूचकहरु हुने रहेछ त्यस अनुरुप विद्यालय स्तरको शैक्षिक योजना निर्माण गर्न काम थालेका छौं ।”वडा नम्बर ७ का वडाध्यक्ष समेत रहनुभएका सामाजिक विकास शाखाका संयोजक सुविन ढुंगानाले भन्नुभयो ,“युएसआईडीको सहयोगमा नेपाल सरकारले देशैभर योजना तर्जुमा गर्दैछ त्यहि अनुसार हामीले पनि काम थालेका हौं ।”
कटारी नगरपालिकाको १४ वडामा गरी ८० सामुदायिक र २० संस्थागत गरी सय विद्यालय छन् । सरकारले स्थानीय तहलाई शैक्षिक योजना निर्माण गर्न शसर्त अनुदान समेत दिने गरेको छ ।
कटारी नगरपालिकाले स्थानीय तहमा समेत नीति तथा कार्यक्रममै शैक्षिक सुधार गर्ने गरी काम थालेको छ । नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि मेयर श्रेष्ठले बताउनुभयो ।
नगरपालिका भित्रका शिक्षासँग सम्बन्धित सरोकारवालाहरुसँग नगरपालिकाले छलफल गरिरहेको छ । “विभिन्न सूचकहरु हुने रहेछ त्यस अनुरुप विद्यालय स्तरको शैक्षिक योजना निर्माण गर्न काम थालेका छौं ।”वडा नम्बर ७ का वडाध्यक्ष समेत रहनुभएका सामाजिक विकास शाखाका संयोजक सुविन ढुंगानाले भन्नुभयो ,“युएसआईडीको सहयोगमा नेपाल सरकारले देशैभर योजना तर्जुमा गर्दैछ त्यहि अनुसार हामीले पनि काम थालेका हौं ।”