images
images

प्रथम हरिचन्द्र स्मृति कप – त्रिवेणी मावि फाईनलमा

कटारी / कटारीमा टाईगर फुटबल क्लवको आयोजनामा जारी प्रथम हरिचन्द्र साह स्मृति कप विद्यालय स्तरीय फुटबल प्रतियोगितामा त्रिवेणी मावि कटारी फाईनलमा प्रवेश गरेको छ । आजको पहिलो सेमीफाईनलमा गाईघाट वोक्सेको वाल मन्दिर माविलाई टाईपव्रेकरमा ४ का विरुद्ध ५ गोलको अन्तरले त्रिवोणी मावि फाईनलमा पुगेको हो ।
खेल अवधिमा दुवै टिमबाट गोल हुन नसकेपछी टाईपव्रेकरबाट नतिाज निकालिएको हो । खेलको म्यान अफ द म्याच त्रिवेणीका स्मिथ भुजेल घोषित भए । उनलाई प्रमुख अतिथि कटारी वडा नम्बर ५ का अध्यक्ष मोहन तामाङ्गले ट्रफी र मेडल प्रदान गर्नुभयो ।
भोलि अव मावि भोर्ले र नमुना मावि लदाभीरवीच प्रतिष्पर्धा हनेछ । उक्त दुईटिमध्ये विजयी टिमसँग त्रिवेणी माविले भदौ २० मा फाईनल खेल्नेछ ।
प्रतियोगिताको विजेताले नगद ३० हजारका साथमा ट्रफी , प्रमाण पत्र र मेडल हात पार्नेछन् । उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका अध्यक्ष दिपक राईले बताउनुभयो ।
प्रतियोगितामा दर्शकहरु मध्ये उत्कृष्ट प्रशंसकलाई नगद पुरस्कार पनि दैनिक प्रदान गरिंदै आएको छ । कटारीका स्वर्गिय हरिचन्द्र साहको सम्झनामा छोरा देवु साहको प्रायोजनमा प्रतियोगिता जारी छ । प्रतियोगितामा १४ टिमले सहभागीता जनाएको क्लवका प्रशिक्षक रोहन जोशीले जानकारी दिनुभयो ।