कटारी / कटारीमा टाईगर फुटबल क्लवको आयोजनामा जारी प्रथम हरिचन्द्र साह स्मृति कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा दुधौलीको नमुना मावि लदाभीर विजयी भएको । लदाभीरले अम्बेबर जनता मावि गाईघाट राजावासलाई टाईपव्रेकरमा ४ का विरुद्ध पाँच गोल गर्दै विजयी सुरुवात गरेको हो ।
खेल अवधिमा दुवै टिमबाट गोल हुन नसकेपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो । खेलको म्यान अफ द म्याच अम्बेबरका गोल रक्षक लिप्स चौधरी घोषित भए । उनलाई क्लवका अध्यक्ष दिपक राईले ट्रफी , मेडल र पुरष्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको विजेताले नगद ३० हजारका साथमा ट्रफी , प्रमाण पत्र र मेडल हात पार्नेछन् । उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछन् ।
प्रतियोगितामा कटारी , उदयपुरगढी , त्रियुगा र दुधौलीका गरी १४ टिमले प्रतिष्पर्धा गरिरहेको क्लबका प्रशिक्षक रोहन जोशीले जानकारी दिनुभयो । कटारी ४ का स्वर्गिय हरिचन्द्र साहको सम्झनामा छोरा देवु साहले प्रतियोगिताको प्रायोजन गर्नुभएको हो । खेलमा प्रत्येक दिन प्रशंसक मध्ये एकजनालाई प्mयान अफ द म्याच अन्र्तगत नगद ५ सय पुरष्कारको समेत व्यवस्था गरिएको छ ।