कटारी /कटारीमा टाईगर फुटबल क्लवको आयोजनामा जारी प्रथम हरिचन्द्र साह स्मृति कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा त्रिवेणी मावि कटारी ४ विजयी भएको छ । त्रिवेणीले देवी मावि भुल्के कटारी ५ लाई ० का विरुद्ध तीन गोल गर्दै जित निकालेको हो ।
खेलमा त्रिवेणीका लागि समिर थापाले २ र सुनिल थापाले १ गोल गरे । खेलको म्यान अफ द म्याच त्रिवेणीका समिर थापा घोषित भए । थापालाई त्रिवेणी माविका प्रधानाध्यापक वालकृष्ण कार्कीले ट्रफी , मेडल र पुरष्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको विजेताले नगद ३० हजारका साथमा ट्रफी , प्रमाण पत्र र मेडल हात पार्नेछन् । क्लवका अध्यक्ष दिपक राईका अनुसार उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछन् ।
प्रतियोगितामा कटारी , उदयपुरगढी , त्रियुगा र दुधौलीका गरी १४ टिमले प्रतिष्पर्धा गरिरहेको क्लबका प्रशिक्षक रोहन जोशीले जानकारी दिनुभयो । भदौ २० सम्म संञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक , उत्कृष्ट मिडफिल्डर , उदयमान खेलाडी , सर्वाधिक गोलकर्ता तथा दैनिक म्यान अफ द म्याचलाई समेत मेडल प्रमाण पत्र लगायतका पुरस्कार राखिएको छ ।
कटारी ४ का स्वर्गिय हरिचन्द्र साहको सम्झनामा छोरा देवु साहले प्रतियोगिताको प्रायोजन गर्नुभएको हो । खेल कटारीको टाईगर फिल्डमा संञ्चालन भईरहेको छ । खेलमा प्रत्येक दिन प्रशंसक मध्ये एकजनालाई प्mयान अफ द म्याच अन्र्तगत नगद ५ सय पुरष्कारको समेत व्यवस्था गरिएको छ ।