कटारी/ कृष्ण जन्माष्टमी कटारीमा पनि धुमधामका साथ मनाईएको छ । मिथिला समाज कटारी उदयपुरको आयोजनामा कृष्ण जन्माष्टमी मनाईएको हो ।
कृष्ण जन्माष्टमीको अवसरमा कटारी स्थित शिव मन्दिरबाट कलश यात्रा निकालिएको थियो । कलश यात्राले तावाखोलाबाट जल ल्याई कृष्णको मुर्ती वनाईएको शिव मन्दिरमा पुजा आराधना गरिएको थियो ।
समाजका अध्यक्ष सुरेन्द्र प्रसाद जयसवालका अनुसार साँझ भजन किर्तन गरी राति पुजा आराधना गरिएको हो । कटारीमा वर्षेनी समाजका कृष्ण जन्माष्टमी विविध कार्यक्रम गरी मनाउने गरेको छ ।
कार्यक्रम सफल वनाउन सहयोग गर्ने सवैलाई समाजले हार्दिक धन्यवाद दिएको पनि अध्यक्ष जयसवालले बताउनुभयो ।