कटारी/ कटारीमा टाईगर फुटबल क्लवको आयोजनामा जारी प्रथम हरिचन्द्र साह स्मृति कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा तीनतले फाउण्डेसन कटारी , ५ लाई ० का विरुद्ध २ गोल गर्दै जनता मावि गुराँसे कटारी , २ विजयी भएको छ ।गुराँसेका लागि उत्तम खत्री र अभिषेक सुनुवारले एक एक गोल गरे । खेलको म्यान अफ द म्याच गुराँसेका उत्तम खत्री घोषित भए । खत्रीलाई कटारी वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले ट्रफी , मेडल र पुरष्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको विजेताले नगद ३० हजारका साथमा ट्रफी , प्रमाण पत्र र मेडल हात पार्नेछन् । क्लवका अध्यक्ष दिपक राईका अनुसार उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछन् । प्रतियोगितामा कटारी , उदयपुरगढी , त्रियुगा र दुधौलीका गरी १४ टिमले प्रतिष्पर्धा गर्ने क्लबका प्रशिक्षक रोहन जोशीले जानकारी दिनुभयो ।
भदौ २० सम्म संञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक , उत्कृष्ट मिडफिल्डर , उदयमान खेलाडी , सर्वाधिक गोलकर्ता तथा दैनिक म्यान अफ द म्याचलाई समेत मेडल प्रमाण पत्र लगायतका पुरस्कार राखिएको छ ।