कटारी / कटारी टाईगर फुटबल क्लवको आयोजनामा आजदेखि कक्षा १० सम्मको विद्यार्थीहरुले प्रतिष्पर्धा गर्नेगरी प्रथम हरिचन्द्र साह स्मृति कप विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा आज उदयपुर सौगात एकेडेमी कटारीलाई २ का विरुद्ध तीन गोल गर्दै श्री वालमन्दिर मावि वोक्से गाईघाटनले विजयी सुरुवात गरेको छ ।
खेलमा वाल मन्दिरका लागि छिरिङ्ग शेर्पाले १ र लक्की राईले २ गोल गरेका थिए । त्यसैगरी उदयपुर सौगातका लागि गोकर्ण अधिकारी र विराज घिमिरेले एक एक गोल गरे । खेलको म्यान अफ वालमन्दिरका लक्की राई घोषित भए ।
प्रतियोगिताको एक कार्यक्रमका वीच प्रमुख अतिथि जिल्ला फुटबल उदयपुरका अध्यक्ष रन्जन कार्कीले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा स्वार्गिय हरिचन्द्र साहका श्रीमति सुनिता साहको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष कार्कीले विद्यालय तहबाट नै वालवालिकाहरुलाई खेलमा लगाउनु पर्ने वताउनुभयो । यसका लागि नगरपालिकाले पनि ध्यान पुराउनुपर्ने उहाँको भनाई थियो ।
प्रतियोगिताको विजेताले नगद ३० हजारका साथमा ट्रफी , प्रमाण पत्र र मेडल हात पार्नेछन् । क्लवका अध्यक्ष दिपक राईका अनुसार उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछन् । प्रतियोगितामा कटारी , उदयपुरगढी , त्रियुगा र दुधौलीका गरी १४ टिमले प्रतिष्पर्धा गर्ने क्लबका प्रशिक्षक रोहन जोशीले जानकारी दिनुभयो ।
भदौ २० सम्म संञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक , उत्कृष्ट मिडफिल्डर , उदयमान खेलाडी , सर्वाधिक गोलकर्ता तथा दैनिक म्यान अफ द म्याचलाई समेत मेडल प्रमाण पत्र लगायतका पुरस्कार राखिएको छ ।
उदघाटन कार्यक्रममा वडाध्यक्षहरु , सुरक्षाकर्मीहरु तथा सरोकारवालाहरुले आतिथ्यता गरेका थिए । खेल कटारीको टाईगर फिल्डमा संञ्चालन भईरहेको छ ।


जनता भ्वाइस 








