कटारी/ कटारी टाईगर फुटबल क्लवको आयोजनामा आगामी भदौ ७ गतेदेखि कक्षा १० सम्मको विद्यार्थीहरुले प्रतिष्पर्धा गर्नेगरी प्रथम हरिचन्द्र साह स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लवले आज पत्रकार सम्मेलनको आयोजना गर्दै कटारी , ४ निवासी स्वर्गिय साहको स्मृतिमा आयोजित प्रतियोगिता बारे जानकारी दिएको हो ।
प्रतियोगिताको विजेताले नगद ३० हजारका साथमा ट्रफी , प्रमाण पत्र र मेडल हात पार्नेछन् । क्लवका अध्यक्ष दिपक राईका अनुसार त्यसैगरी उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछन् । प्रतियोगितामा कटारी , उदयपुरगढी , त्रियुगा र दुधौलीका गरी १६ टिमले प्रतिष्पर्धा गर्ने क्लबका प्रशिक्षक रोहन जोशीले जानकारी दिनुभयो ।
भदौ २२ सम्म संञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक , उत्कृष्ट मिडफिल्डर , उदयमान खेलाडी , सर्वाधिक गोलकर्ता तथा दैनिक म्यान अफ द म्याचलाई समेत मेडल प्रमाण पत्र लगायतका पुरस्कार राखिएको छ ।


जनता भ्वाइस 








