कटारी / कटारी, १४ , घुर्मीमा गएराति पहिराेले ट्रक वगाएकाे छ । आेखलढुंगाबाट , ईटहरी तर्फ जाँदै गरेकाे प्र-०२-००-२ख०१२६ नम्वरकाे ट्रक पहिराेमा परेपनि मानवीय क्षती भने नभएकाे ईलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ । पानी परिरहेकाे अवस्थामा बाटाे साँघुराे देखेर चालक ,सहचालक बाटाे हेर्नका लागि झरेकाे समयमा ट्रक सडकसँगै भाँसिएर १५ मिटर तल झरेकाे पनि प्रहरीले जनाएकाे छ ।उत्तीसकाे काठ लिएर आउँदै गरेकाे ट्रक चालक संखुवासभाका ललित विश्वकर्मा ट्रकबाट झरेर सडककाे अवस्था हेर्ने क्रममा ट्रक दुर्घटना भएकाे हाे । अहिले यश सडकखण्डमा सडक भने सुचारू रहेकाे पनि प्रहरीले जनाएकाे छ ।


जनता भ्वाइस 








