images
images

विश्व आदिवासी दिवश कटारीमा धुमधामका साथ मनाउने तयारी

कटारी/ अगष्ट ९ तारिकका दिन विश्वभर मनाईने विश्व आदिवासी दिवश कटारीमा पनि धुमधामका साथ मनाउने तयारी गरिएको छ । भोलि शुक्रबार ३० औं विश्व आदिवासी दिवश कटारीमा पनि मनाउने तयारी गरिएको हो ।
दिवशको अवसरमा भोलि विभिन्न जातजातिहरुको झाँकीहरु सहित नगर परिक्रमा गरी महासंघको हलमा शुभकामना आदान प्रदान गरी मनाउने तयारी गरिएको आयोजक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीका अध्यक्ष डिकबहादुर श्रेष्ठले बताउनुभयो ।“भातृसंगठनहरुलाई भेषभुषामा झाँकी सहित आउनका लागि पत्राचार गरेका छौं ।”अध्यक्ष श्रेष्ठले भन्नुभयो ,“आदिवासी जनजातिहरुको अधिकारका लागि सचेत गराउन पनि दिवश मनाउन लागेका हौं ।”
संविधान प्रद्धत अधिकार आदिवासीहरुको विशेष क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर , प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने नाराका साथ दिवश मनाउन लागिएको हो । कटारीमा आयोजना गर्ने कार्यक्रमको तयारी पुरा भएको समन्वय परिषद कटारीका सचिव राजिव तामाङ्गले बताउनुभयो । आदिवासी जनजातिहरुको हक अधिकारका बारेमा सचेत हुनका लागि पनि यो कार्यक्रमका सहभागी हुन आदिवासी जनजातिहरुलाई आयोजकले आग्रह गरेको छ । दिवशको अवसरमा उदयपुरको ताप्ली गाउँपालिका , चौदण्डी नगरपालिकामा पनि कार्यक्रम गर्ने तयारी गरिएको छ ।
विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।