कटारी/ कटारी नगरपालिकाले स्थानीय पाठ्यक्रम अन्र्तगतको पाठ्यपुस्तक अनिवार्य लागु गरेको छ । नगरपालिकाले दुई वर्ष लगाएर स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक ‘कटारी ज्ञानमाला ’प्रकाशन गरी कक्षा १ देखि ५ सम्म अनिवार्य पठन पाठनका लागि लागु गरेको नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
पहिलो चरणमा पाठ्यक्रमसँग सम्बन्धित विज्ञहरुलाई नगरपालिकाको वडा तहमा नै पठाएर पाठ्यक्रम प्रकाशनको काम थालेको पनि मेयर श्रेष्ठले बताउनुभयो । “दोस्रो चरणमा त्यसलाई प्रकाशन गर्ने काम भयो ।”मेयर श्रेष्ठले भन्नुभयो –“यो शैक्षिक सत्रदेखि अनिवार्य सवै विद्यालयमा स्थानीय पाठ्यक्रम पठन पाठन सुरु भएको छ ।”
आज नगरपालिकाको हलमा नगरपालिकाका सवै विद्यालयका प्रधानाध्यापकहरुको भेला गरी नगरपालिकाले पाठ्यपुस्तक वितरण गरेको थियो । “नगरपालिकाको धार्मिक , साँस्कृतिक , पर्यटकीय क्षेत्र , विभिन्न जातजातिको पहिचान , भूगोललाई समेटेर पाठ्युपुस्तक तयार गारिएको हो ।”नगरपालिकाका उपमेयर गिता खड्काले भन्नुभयो ,“स्थानीय पाठ्यपुस्तकसँगै आगामी दिनमा प्राविधिक विषयमा नगरपालिकाले जोड दिनेछ ।”
नगरपालिकाका शिक्षा शाखा प्रमुख संञ्जु दाहालका अनुसार यस वर्ष कक्षा ५ सम्म तयार पारिएको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तकलाई क्रमश कक्षा ८ सम्म पुराईनेछ । सरकारको स्थानीय पाठ्यक्रमको आधारमा नगरपालिकाले पाठ्यपुस्तक तयार पारेको पनि प्रमुख दाहालले बताउनुभयो ।
नगरपालिकाले नगरपालिका भित्रका विद्यालयहरुलाई अनिवार्य गरी पाठ्यपुस्तक पठाएको हो । “नगरपालिका भित्रका विद्यालयहरुको एमएस प्रणालीमा भएको विद्यार्थीहरुको तथ्यांक अनुसार पाठ्यपुस्तक छापेर पठाएका छौं ।”शिक्षा शाखाका स्रोत व्यक्ति सूर्य कार्कीले भन्नुभयो ।
शिक्षकहरुले भने स्थानीय पाठ्यक्रम अनुसारको स्थानीय पाठ्यपुस्तक पढाउनुपाउनुमा गर्व लागेको भएपनि यस वर्षका लागि केहि ढिला भएको बताएका थिए । आगामी शैक्षिक सत्रदेखि समयमै पाठ्यपुस्तक पठाउन उनीहरुले नगरपालिकालाई सुझाव दिए ।
त्यसैगरी सोही अवसरमा कटारी नगरपालिकाले २०८० मा लिएकाे नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याएका सामुदायिक र संस्थागत तर्पmका छात्र छात्रालाइ पुरस्कृत पनि गरेको थियो । जसमा सामुदायिक तर्पm कटारी नगरपालिका भित्र छात्रा तर्पm सरस्वती मावि भोर्लेका अस्मिता दर्जी परियार , छात्र तर्पm जनप्रेमी मावि रिस्कूका प्रतीक तिखत्री संस्थागत तर्पm छात्रामा सगरमाथा ईङ्गलिस वोर्डिङ्ग स्कूलका अर्पना राजभण्डारी र छात्र तर्पm प्mयुचर ईङ्गलिस वोर्डिङ्ग स्कूलका रोसव गिरी उत्कृष्ट स्थान हासिल गरे ।
उनीहरुलाई नगरपालिकाले नगर प्रतिविद्यार्थी पन्ध्रहजारका साथमा प्रमाण पत्र वितरण गरेको थियो । त्यसैगरी उत्कृष्ठ ल्याउन सफल विद्यालयहरूलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।