images
images

कटारी अस्पत्ताललाई प्रादेशिक अस्पत्ताल बनाउन संघिय सरकारद्वारा स्विकृति प्रदान

कटारी/ पन्ध्र सैयाको कटारी नगर अस्पत्ताललाई पचास सैयामा स्तरउन्नती गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघिय सरकारले स्विकृति दिएको छ । केहि दिन अगाडि वसेको मन्त्री परिषद वैठकले यो स्विकृति दिएको हो ।
अस्पत्ताल संञ्चालनका लागि आर्थिक दायित्व , र कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश सरकारलाई संघीय सरकारबाट पनि स्विकृति भएर आएकाले यस क्षेत्रका विरामीलाई सहज हुने यस क्षेत्रका प्रदेश संसद तथा निवर्तमान मन्त्री रामकुमार खत्रीले बताउनुभयो । निर्वाचन जितेसँगै संसद खत्रीले यस अस्पत्तालाई प्रदेश अस्पत्ताल बनाउन पहल गर्दै आउनुभएको थियो ।
प्रदेश सरकारलाई संञ्चालनको स्विकृति प्राप्त भएसँगै संसद खत्रीले अस्पताल स्तरोन्नती पहिलो चरणको सफलता पश्चात् पूर्णता पाउन संघीय क्याबिनेटले स्वीकृति दिनु पर्ने प्रक्रियागत बिधीलाइ निरन्तर फलोअप गरि हरेक जटिलतालाई चिर्दै अन्त्यमा असार २७ गते बसेको मन्त्रीपरिषदबाट निर्णय गराउन सफल भएको बताउनुभयो ।
यस कार्यमा सहयोग गर्नु हुने माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिबस कटुवाल , राष्ट्रिय सभाका प्रमुख सचेतक गोपि आछामी ,पुर्व मन्त्री तथा कोशी प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवार , त्यसैगरी संघीय सरकार सामन्य प्रसाशन मन्त्रालयका सचिब मुकुन्द निरौला , प्रधानमन्त्री कार्यालयका उपसचिव तुलराज सुनुवार , नेपाली कांग्रेसका नेता कृष्ण कुमार श्रेष्ठ , नेपाली काङ्ग्रेस निर्तमान माहासमिती सदस्य बुद्धि कट्टेलप्रति आभारी भएको पनि खत्रीले बताउनुभयो ।
त्यस्तैगरि संसद खत्रीले यसकार्यमा पूर्ण सहयोग गर्ने कटारी नगरपालिका, कटारी अस्पताल र सबै राजनीतिकदलका प्रतिनिधिहरु लगायत यस विषयमा चासो राखी समन्वयकारी भुमिका निर्बाह गर्नुहुने सम्पुर्ण महानुभाबहरुमा हृदय देखिनै धन्यवाद दिनुभयो । प्रदेस स्तरीय अस्पत्तालका लागि स्विकृति पाएसँगै अव आवश्यक प्रकृया अघि बढ्नेछ ।