images
images

कटारी नगरपालिकामा थाहै नपाई प्रमुख प्रशासकीय आएपछी

कटारी / विहिबार दिउँसो कटारी नगरपालिका अन्र्तगतका कार्यालय , सम्बन्धित व्यक्तिहरुवीच नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आईपुगेको समाचार पैmलन धेरै बेर लागेन । नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्यालय आईपुगेको तर को कहिले कहाँबा नयाँ हाकिम आईपुग्यो सवैले एकआपसमा जिज्ञासा र सोधखोज गरे ।
यस विषयमा जानकारी लिन कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने नम्बरमा फोन गर्दा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले नै फोन उठाउनुभयो । ‘म आप्mनो कार्यालयमा काम गरिरहेको छु , मलाई कुनै जानकारी छैन् ,’उहाँले भन्नुभयो , ‘म पनि मन्त्रालय गएको थिँए हिजो मात्रै फर्किएको हुँ मलाई मन्त्रालय र कसैले पनि यस विषयमा जानकारी गराएका छैनन् , हल्ला कसरी पैmलियो थाहा भएन् ’
लगत्तै नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठलाई यस विषयमा वुभ्mन फोन गर्दा मेयर श्रेष्ठ आफु काठमाडौंमा रहेको र नयाँ प्रमुख प्रशासकीय अधिकृत आएको बारे आफुलाई जानकारी नभएको बताउनुभयो ।‘मलाई पनि थाहा छैन् , को कसरी आयो , अहिले हाजिर गरिसकेको छैन् ,’उहाँले भन्नुभयो ,‘कताबाट के भएको हो आएपछि थाहा हुन्छ हाजिर नभएसम्म कसैलाई आधिकारिक हाकिम भन्न मिलेन ,’
प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई आप्mनो कार्यकक्षमा काम गरिरहँदा नगरपालिकाको तल्लो तलाको उपमेयर गिता खड्काको कार्यकक्षमा मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रमाना लिएर आएको भन्दै राजमणी निरौलाले परिचय गरिरहेको जनप्रतिनिधिहरुले नै जानकारी गराए । त्यसपछी उपमेयर गिता खड्कालाई सोध्यौं । ‘उहाँ वैशाख १० मै आउने कुरा थियो , केहि कामहरुले तीन महिना पछी सारेर आउनुभएको रहेछ ,’उपमेयर खड्काले भन्नुभयो ,‘मेयर साप आउनुभएपछी टुंगो लाग्छ होला ।’
यस अघि प्रमुख प्रशासकीय अधिकृत अनिल किराती सरुवा भई संस्कृति पर्यटन मन्त्रालय जानुभएपछी प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कहिले अभाव हुने कहिले एकजनाहुँदा हुँदै अर्को आउने नगरपालिकामा कस्तो खिचडी पाक्दै छ भन्ने कुरा नगरवासीहरुले थाहा पाउन सकेका छैनन् । कसैलाई थाहै नदिई रमाना लिएर आउने यहाँकै तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसँग कुनै समन्वय नहुने अचम्मको खेलहरु कहाँबाट भईरहेको छ त्यो भने वुभ्mन बाँकी नै छ । कर्मचारी सरुवा भई आउनु जानु नियमित प्रकृया नै हो तर यसरी समन्वय नै नभई आउनुले भने कर्मचारी र जनप्रतिनिधिहरु नै आश्चर्यमा परेका छन् ।