images
images

कटारी ,७ काे पहिराेले अवरूद्ध सडक अझै खुलेन

कटारी / कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिका जोड्ने मूख्य ग्रामिण सडकखण्ड दुईसातादेखि पूर्ण रुपमा अवरुद्ध छ । गएको असार २२ गतेको अविरल वर्षापछ कटारी वडा नम्बर ७ को भालुखोल्सामा पहिरोले सडक वगाएपछी वन्द सडक अभैm सुचारु हुन सकेको छैन् ।
पहिरोले ७० मिटर लम्बाई सडकखण्डलाई वगाएर एकसय मिटर तल तावाखोलमा पुराईदिएपछी सडक अवरुद्ध भएको हो । ‘सवारीसाधन त चल्ने कुरै भएन मानिस पनि जोखिम मोलेर आउजाउ गर्नुपर्ने अवस्था छ ।’कटारी ७ का स्थानीय नेत्र राईले भन्नुभयो ,‘यस क्षेत्रको मूख्य ग्रामिण सडक अवरुद्ध हुँदा ठुलो समस्या भएको छ ।’
कटारी , ७ बाट देउलीकुना , बुढाबुढी ,गोईया हुँदै उदयपुरगढी गाउँपालिकाको ब्वाँसे , बाहुनटार घट्टाहुँदै ताप्लीगाउँपालिकासँग जोडिने सडकखण्ड अवरुद्ध भएको हो ।‘लामोसमय सडक वन्द भएपछी जनजीवन नै प्रभावित हुन थालिसकेको छ ।’उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर क्याप्छाकी मगरले भन्नुभयो ,‘यहि सडकखण्डबाट ग्रामिण भेगमा दैनिक उपभोग्य सामाग्रीहरु पुग्ने गर्दथ्यौं ।’
लामो समय सडक अवरुद्ध भएपछी कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ सहितका जनप्रतिनिधिरु र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मगर सहित जनप्रतिनिधिहरुको टोलीले अनुगमन गरी वैकल्पिक मार्ग निर्माण गर्ने तयारी गरेका छन् । ‘प्राविधिक टोलीलाई स्टिमेट तयार गर्न लगाएका छौं ’कटारी नगरपालिकाका मेयर श्रेष्ठले भन्नुभयो ,‘दुवै पालिकाको बराबर लगानीमा सडकखण्ड एकसाता भित्र संञ्चालनमा ल्याउने गरी काम अघि बढाएका छौं ।’
उक्त क्षेत्रमा सडकसँगै कटारी ७ पाट्ने गाउँका तीनदर्जन किसानले प्रयोग गर्दै आएको कुलो पनि बगेको थियो । ‘कुलो बगेपछी स्थानीयले अहिलेसम्म रोपाईसमेत गर्न पाएका छैनन् ,’वडाध्यक्ष सुविन ढुंगानाले भन्नुभयो , ‘हामीले नगरपालिकाबाट पाईप उपलब्ध गराएपछी कुलोका मोहीहरुले कुलो मर्मतका काम थालेका छन् ।’
अवरुद्ध सडक संञ्चालनमा नआएपछी कटारी नगरपालिकाको ७ नम्बर वडाका साथै उदयपुरगढी गाउँपालिका , ताप्ली गाउँपालिकाहुँदै लिम्चुङबुङ गाउँपालिकासम्मका स्थानीय प्रभावित भएका छन् ।