images
images

लिम्चुङबुङमा आयातित मदिरा , सुर्ती, चुराेटमा प्रतिवन्ध लगाईने

कटारी / उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाउँपालिका भित्र अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा पेय पदार्थहरु प्रतिवन्ध लगाउने निर्णय गरेको छ । गाउँपालिकाले आगामी असोज १५ गतेदेखि गाउँपालिकामा सिसाजन्य मदिरा , पेय र सुर्तीजन्य पदार्थमा पूर्ण रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मेजर राई ‘मिजास’का अनुसार गाउँपालिकामा वियर , रक्सी , डिउ , फेन्टा , कोक , रेडबुल , सुर्तीजन्य चुरोट , गुट्खाहरु प्रतिवन्ध लगाउने निर्णय गरिएको हो । ‘यी वस्तुहरुको सेवानले गाउँपालिकावासीहरुलाई स्वास्थ्यमा असर परी रोगी वनाउने , स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने , हिंसा उत्पन्न गर्ने र गाउँलाई नै विघटन गर्ने भएकाले प्रतिवन्ध लगाउने निर्णय गरेका हौं ।’अध्यक्ष राईले भन्नुभयो , ‘यस्ता समस्याहरु समाधान गरी गाउँलाई अर्थतन्त्र र हिंसामुक्त वनाउन यो निर्णय कार्यन्वयनको प्रकृयामा छौं ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ्गका अनुसार असार १८ गतेको अठारौं कार्यापालिका वैठकले यस्तो निर्णय पारित गरेको हो । ‘निर्णयसँगै आयात नगर्न सूचना जारी गरिसकेका छौं ।’अधिकृत गुरुङ्गले भन्नुभयो । ‘आयात भएका सामाग्रीहरु असोज १५ भित्र वेचिसक्नुपर्नेछ त्यसपछी पूर्ण प्रतिवन्ध लगाईनेछ ।’
अधिकृत गुरुङ्गका अनुसार गाउँका उत्पादनलाई प्रोत्साहन गरिनेछ । ‘गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ , तर कानुन बनाउन बाँकी छ , न्युनिकरण गर्दै जाने र कानुन नै वनाएर कार्यन्वयन गर्ने तयारीमा छौं ।’उहाँले भन्नुभयो ,‘व्यवसायीहरुसँग पनि छलफल गरेका छौं र उहाँहरुले पनि अघि बढ्नुहोस भनेपछि अघि बढेका हौं ।’
गाउँमा विकृति पैmलिनुका साथै महिला हिंसा , घरेलु हिंसा समेत यहि मदिरा सेवनले बढेको भन्दै गाउँपालिकाले प्रतिवन्ध लगाउने निर्णय लिएको हो । पर्यटनलाई प्राथमिकतामा राखेको गाउँपालिका उदयपुरको पहाडी पालिकामा पर्छ । पर्यटनसँगै गाउँको उत्पादनलाई जोड दिने र आयातित वस्तुलाई न्युनिकरण गर्दै जाने गाउँपालिकाले नीति लिएको छ ।